इटहरी / नेपाल युवा उद्यमी मंच संस्था (एनवाईइएफ) सुनसरी शाखाको सम्झौता ज्ञापनपत्र हस्ताक्षर समारोह कार्यक्रम सम्पन्न भएको छ ।


इटहरीमा पत्रकार सम्मेलन गर्दै नेपाल युवा उद्यमी मंच  (एनवाईइएफ) सुनसरी शाखाले इटहरीका ६ वटा कलेजका विद्यार्थीलाई प्रतिस्पर्धा गराएर नयाँ उद्यमशीलताको योजना सङ्कलन गरिन सम्झौता हस्ताक्षर सहकार्य पत्रमा ६ वटै विद्यालयका प्रतिनिधिले हस्ताक्षर गरेका छन् ।


 सम्झौतामा ज्ञापनपत्र हस्ताक्षर समारोह गरेको छ ।  यस संसथा २००३ सालमा स्थापना सुरू गरेको संस्था कुल १२ वटा ठाउँमा च्यापटर रहेको छ । जुन काठमाडौं, पोखरा, ललितपुर, चितवन, रुपन्देही, सुर्खेत, कैलाली. बिरगंज, जनकपुर, बिराटनगर, सुनसरी तथा झापाको सदस्यता रहेको संस्था हो ।


यस संस्थाले गैर नाफा मुलक रहेको उदेश्य व्यापारिक सोचको प्रवर्धन गरिरहेको छ ।  ग्रीन पीस लिंकन , इटहरी इन्टरनेशनल कलेज , कस्तुरी कलेज, कोशी सेन्ट जेम्स कलेज, सुष्मा गोदावरी कलेज र विश्वआदर्श कलेजसँग  नेपाल युवा उद्यमीमंचको सुनसरीशाखाले वार्षिक साझेदारी गरेको छ । सन् २००३ मा स्थापना भएको मञ्चले व्यापारिक सोचको प्रवर्द्धन गर्दै आएको छ ।


 १२ वटा च्यापटरमाकुल ८०० हाराहारी उद्यमीहरु प्रतक्ष्य रुपमा सहभागी भएर उद्यमसिलतालाई प्रबर्धन गरिरहेको छन् । मञ्चको उद्देश्यमा रहेको ‘नेशन फर्स्ट’ अन्तरगत नेपालमै केही गर्नको लागि युवालाई अभिप्रेरित गर्ने योजन अघि बढाएको अध्यक्ष चन्द्र देवकोटाले बताए ।


गैरहेको शैक्षिक संस्थाहरुसितको यस वार्षिक साझेदेरी मार्फत विभिन्न कार्यहरु आयोजना गरेर, विद्यार्थीहरुलाई उद्यमसिलता सम्बन्धित विषयहरुमा सहयोग पुर्याउने नेपाल युवा उद्यमीमंच सुनसरी शाखाका संस्थापक अध्यक्ष  सुदिप घिमिरेले बताए ।


सम्झौतापछि बोल्दै कस्तुरी कलेजका प्राचार्य कमलेश शर्मा पौडेलले मञ्चको कारण विद्यार्थीलाई नेपालमै केही गरौँ भन्ने भावना विकास हुने विश्वास व्यक्त गरे ।


 यस संस्थामा सदस्यवन्नको निम्ति निवेदकको उमेर १८ वर्ष देखि ४० वर्षको हुनुपर्ने  र देशका युवा देशमै बसेर स्वरोजगार बन्न हामीले सहयोग गर्नु पर्ने संस्थाका वर्तमान अध्यक्ष देवकोटाले बताए ।IMG_20230901_202119