सुन्दरहरैंचा / मोरङको बेलबारी नगर प्यावसन अन्तर्गतका संस्थागत विद्यालयका विद्यार्थिहरुबिच अँग्रेजी हिज्जे छनोट प्रतियोगिता २०८०  सम्पन्न भएको छ । 


प्रतियोगिता बेलबारी नगरपालिका वडा नम्बर -१ मा रहेको आदर्श सेकेन्डरी इन्ङलिस बोर्डिङ स्कुलको सभाहलमा भएको कार्यक्रममा बेलबारी नगरपालिकामा रहेका विभिन्न १५ वटा विद्यालयहरु सहभागी भएका थिए ।


सहभागी विद्यालयहरु मध्ये बेलबारी- ९ मा रहेको बालजगत इन्ङलिस स्कुल प्रथम, बेलबारी ६ मा रहेको प्रगति इन्ङलिस स्कुल दोस्रो, बेलबारी २ मा रहेको शिक्षा सन्देश इन्ङलिस स्कुल तेस्रो र बेलबारी ९ मा रहेको लिटिल बुद्ध इन्ङलिस स्कुल चौथो हुँदै जिल्लाका लागि छनोट भएका छन् ।

IMG_20230901_214424

प्रतियोगितामा सहभागी विद्यालयहरुलाई प्रमाणपत्र वितरणसमेत गरिएको थियो । कार्यक्रमको सभापतिमा बेलबारी नगर प्यावसनका अध्यक्ष भगवती प्रसाद घिमिरे, प्रमुख अतिथिमा बेलबारी नगरपालिकाका शिक्षा शाखा प्रमुख एलिना बस्नेत, विद्यार्थी , शिक्षक लगाएतको उपस्थिति रहेको थियो ।IMG_20230901_214451