इटहरी / इटहरीमा रहेको सञ्चालन हुदै आएको एडुटेक कलेज अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजीले विद्यार्थीहरूलाई अभिमुखीकरण कार्यक्रम गरेको छ ।


इटहरीको इम्पेरियल होटलमा शैक्षिक सत्र २०८०–८१ का लागि विभिन्न सङ्कायमा भर्ना भएका करिब पाँच सय विद्यार्थीलाई  अभिमुखीकरण गराएको कलेजका प्रिन्सिपल सन्तोष दाहालले जानकारी दिए ।


व्यवस्थापन, कम्प्युटर साइन्स, होटेल म्यानेजमेन्ट, कानून तथा विज्ञान सङ्कायमा अध्ययनका लागि भर्ना भएका विद्यार्थीहरूमाझ शैक्षिक गतिविधि सञ्चालनलगायत अतिरिक्त क्रियाकलापसम्बन्धी जानकारी गराइएको अध्यक्ष चिरञ्जीवी तिम्सिनाले बताए ।


स्थापना भएको छोटो समयमै लोकप्रिय बन्दै गएको एडुटेक कलेज विद्यार्थीहरूमाझ आकर्षको केन्द्र बन्ने गरेको छ ।  कलेजले हाल त्रिविसँग सम्बन्धन प्राप्त गरी बिबिएसलगायत कार्यक्रम पनि सञ्चालन गरिरहेको छ ।


 आगामी दिनमा नयाँ विद्यार्थीको स्वागत गरिनुका साथै उत्कृष्ट नतिजा ल्याउने र अतिरिक्त क्रियाकलापमा अब्बल विद्यार्थीहरुलाई प्रोत्साहन तथा पुुरस्कार वितरण प्रदान गर्ने गरेको जनाइएको छ ।