इटहरी : इटहरीमा रहेको सञ्चालन हुदै आएको विश्व आर्दश कलेजले कक्षा ११ मा अध्ययन गर्न आउने विद्यार्थीलाई स्वागत तथा सम्मान कार्यक्रम गरेको छ ।
विश्व आर्दश कलेजको कक्षा १२ का विद्यार्थीले आयोजना गरेको स्वागत कार्यक्रममा विज्ञान तथा व्यवस्थापन संकायमा अध्ययनका लागि आएका ७ सय ३१ जना विद्यार्थीलाई कलेजमा स्वागत गरिएको थियोे ।
राष्ट्रिय परिक्षा बोर्डको नतिजा अनुसार ए प्लस ल्याउने विद्यार्थीलाई सम्मान गरिएको थियोे । स्वागत कार्यक्रममा विद्यार्थीले सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए। कार्यक्रममा प्रितम आर्चाय र रिजन डाँगीको समेत प्रस्तुति राखेका थिए ।
स्वागत कार्यक्रमकै अवसर पारेर विश्व आर्दश कलेजका तर्फबाट जथाभावी नथुकौं अभियान सुरु गरिएको छ । विद्यार्थीको मिस्टर एण्ड मिस कलेज समेत समावेश गरिएको थियो । मिस्टर एण्ड मिस विश्व आर्दश कलेज प्रयोगिताको निर्णायकमा ड्रिम मोडलिगं एजेन्सीका सिइओ सौरवमान भण्डारी , विहानी डान्स सेन्टरकी डारेक्टर प्रनिसा उदास र आरजे भिजे शुभेक्षा कार्की रहेका थिए ।
कार्यक्रममा विश्व आर्दश कलेजका अध्यक्ष लेखनाथ घिमीरे प्राचार्य गणेश दुलाल , कलेजका अध्यापकहरु , विद्यार्थी साथै अभिभावकहरुको उपस्थिति रहेको थियो ।
विश्व आदर्श कलेज पुर्वी नेपालमै सबैभन्दा राम्रो शिक्षण संस्थामध्ये पर्छ । सुनसरीमै सबैभन्दा धेरै विद्यार्थी भर्ना गर्ने यस कलेजको सबै तह र संकायमा गरी वार्षिक तीन हजार पाँच सय बढी विद्यार्थीहरु अध्ययन गर्ने गरेका छन् ।
पछिल्लो समय होटल मेनेजमेन्ट पनि कलेजले सञ्चालनमा ल्याएको छ । कमर्स र साइन्समा कम्प्युटर साइन्ससमेत पढाइ हुने गरेको छ । प्रिन्सपल गणेश दुलालकाअनुसार २५ वर्ष पुरानो विश्व आदर्शले १० वर्षदेखि नै साइन्स र कमर्समा ३२०–३२० गरेर ६४० जना विद्यार्थीलाई पढाइरहेको छ ।
राष्ट्रिय परिक्षा बोर्डको तथ्यांकअनुसार कक्षा ११ मा भर्ना हुने विद्यार्थीहरुको संख्यालाई विश्लेषण गर्दा यो कलेज विगत केही वर्षदेखि प्रदेश १ मा मुख्य ५ अनि सुनसरीमा पहिलो, दोस्रो स्थानमा आउने गरेको छ । संख्यात्मक भन्दा गुणात्मक शिक्षामा जोड दिएको कलेजले कक्षा ११ र १२ मा सञ्चालन गरेको साइन्स र कमर्स विषयमा विद्यार्थीहरुको संख्या थेगिनसक्नु छ ।


