सुनसरी / तेह्रथुमको आठराई गाउँपालिकाले रातो बंगला स्कुलसँग शैक्षिक गुणस्तरका लागि साझेदारी गरेको छ ।
गाउँपालिका अध्यक्ष दिल कुमार पाहिम र रातो बंगला स्कुलका डाइरेक्टर शान्ता दीक्षितले साझेदारीका लागि हस्ताक्षर गरेका हुन् । रातो बंगला स्कुल पाटन ढोका ललितपुरमा एक कार्यक्रमका बिच साझेदारीका लागि सम्झौतामा हस्ताक्षर गरिएको हो।
शिक्षा विकाश समितिले जेष्ठ महिनामै कार्यक्रम पालिकालाई हस्तान्तरण गरे पछि १६ वटा नि मा वि थप गर्दै गाउँपालिकाले रातो बंगला साझेदारी कार्यक्रमसंग सम्झौता गरेको हो।
आठराई गाउँपालिकाको ३० प्रतिशत र रातो बंगलाको ७० प्रतिशत खर्च हुने गरि साझेदारी गरिएको हो । साझेदारी संगसंगै आठराई गाउपालिकाका २५ विद्यालयमा रातो बंगला साझेदारी कार्यक्रम लागु गरिने छ।
आठराई गाउपालिकामा रहेका ९ वटा माध्यमिक विद्यालय र १६ वटा निम्न माध्यमिक विद्यालयहरुमा यसै शैक्षिक सत्रबाट लागु हुने र प्राथमिक विद्यालयमा क्रमिक रुपमा विस्तार गर्ने गाउँपालिका अध्यक्ष दिल कुमार पाहिमले बताए ।
आठराई गाउँपालिकाका ९ वटा माध्यमिक विद्यालयहरुमा गत शैक्षिक सत्रबाट नै सार्थक बाल सिकाई कार्यक्रम संचालन भैरहेको छ। यस अघि नौ वटा माध्यमिक विद्यालयहरुका प्रधानाध्यापकहरु रहेको शिक्षा विकास समितिद्वारा सार्थक बाल सिकाइ कार्यक्रम सन्चालन भइ रहेको थियो ।
विज्ञान र चिकित्साबाट प्राप्त प्रमाणहरु अनुसार बालबालिकाको मस्तिस्क प्रारम्भिक वर्षरुमा सबै भन्दा द्रुत गतिमा विकसित हुने र उनीहरुको वृद्धि विकासलाइ पोषित गर्नका लागि विशिस्ट किसिमका अभ्यासको जरुरी हुने भएकाले पहिलो चरणमा ECD कक्षाहरुमा यो कार्यक्रम लागु हुने रातो बंगला साझेदारी कार्यक्रमका संयोजक अर्चना जोशीले जानकारी दिए ।


