सुन्दरहरैंचा / बेलबारी ३ मा रहेको गुरुकुल पाठशालाका बिद्यार्थीहरु “आफ्नो खर्च आफैँ जुटाउँन थालेका छन् ।


“हामी आफ्नो खर्च आफैँ जुटाउँछौ‘‘‘, परिश्रम गरौँ आत्मनिर्भर बनौँ” भन्ने उद्धेश्यका साथ सोमबार उनीहरुले  २ दिने उद्यमशीलता परियोजना कार्य सञ्चालन गरेका छन् । यो परियोजना कार्य  रसोमबार र मंगलबार सम्म सञ्चालन हुने छ ।  


विद्यार्थीहरुले बेलबारीका मालपोत लार्यन,पुर्व बस स्टेण्ड,पश्चिम बस स्टेण्ड,सिनेमा हल लाईन सहित ४ ठाँउमा  चिया, कफी, स्टेशनरी सामाग्री, चिसो पेय पदार्थ, सलाद, चटपटे,पानीपुरी लगायतका खानेकुराहरुको बिक्री गरेका  छन्  ।


गुरुकुल पाठशालाले सैद्धान्तिक ज्ञानमा मात्र आधारित नभएर प्रयोगात्मक सिकाइलाई पनि प्रथमिकता दिदै विद्यार्थीहरुलाई भविष्यमा आत्मानिर्भर बन्नका लागि सहजता हुने गरी यस कार्य सञ्चालन गरेको बिद्यालयका भाईस प्रिन्सिपल ओम गौतमले बताए ।


यस २ दिने उद्यमशीलता परियोजना कार्य सञ्चालनबाट प्राप्त नाफाको केही प्रतिशत रकम सामाजिक कार्यमा खर्च गर्ने विद्यार्थीहरुले बताएका छन् । IMG_20230905_091702