सुनसरी / इटहरीमा रहेको सञ्चालन हुदै आएको सीबी कलेजले कक्षा ११ का विद्यार्थीलाई स्वागत तथा कक्षा १२ का विद्यार्थीलाई विदाई कार्यक्रम गरेको छ ।
सीबी कलेजले मंगलबार इटहरीको दुर्गा पार्टी प्यालेसमा एक कार्यक्रम आयोजना गरी विभिन्न संकायमा भर्ना भएका कक्षा ११ का विद्यार्थीलाई स्वागत तथा कक्षा १२ उत्तीर्ण गरेका विद्यार्थीलाई विदाई गरेको हो ।
स्वागत तथा विदाई कार्यक्रममा कक्षा ११ मा अध्ययनका लागि आएका दुई सय विद्यार्थीलाई स्वागत तथा कक्षा १२ का एक सय जना विद्यार्थीलाई विदाई गरिएको कलेजका प्राचार्य खेमराज बास्तोलाले बताए ।
कलेजका अध्यक्ष देशबन्धु कार्कीको अध्यक्षता तथा इटहरी उपमहानगरपालिका शिक्षा ,युवा तथा खेलकुद महाशाखा प्रमुख सुर्य प्रसाद सुवेदीको प्रमुख आतिथ्य रहेको थियो
कार्यक्रममा कक्षा १२ मा कलेजमा उत्कृष्ट नम्वर ल्याउने निम्दिगी शेर्पा , रुपा आचार्य , सृजन खड्का र एसइइ उत्कृष्ट जिपीएदुई जनलाई पुरस्कृत गरिएको थियोे । स्वागत तथा विदाई कार्यक्रममा विद्यार्थीले सांस्कृतिक नित्य समेत प्रस्तुत गरका थिए ।
कार्यक्रममा जनता बहुमुखी क्याम्पस इटहरीका अध्यक्ष विकास केसी , हिसान केन्द्रीय सदस्य मुकुन्द घिमीरेर उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष जिवन पराजुली , जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ सुनसरीका अध्यक्ष तेजवहादुर पुरीले आ-आफ्नो धारणा राखेका थिए ।
सीबी कलेजमा होटल व्यवस्थापन , विज्ञान , व्यवस्थापन , कानुन विषयमा पठन पाठन गराउदै आएको छ । 



