इटहरी / इटहरीमा रहेर सञ्चालन हुदै आएको एस आई युकेले विद्यार्थीहरूलाई शैक्षिक परामर्श कार्यक्रम सञ्चालनमा ल्याएको छ । आज इटहरी स्थित सेल्टर पाल्जामा रहेको सो संस्थाले उच्च शिक्षाको लागि विदेश  गएर पढ्ने विद्यार्थीहरूलाई एक दिने शैक्षिक परामर्श गरेको थियोे । 


 सो कार्यक्रममा विद्यार्थीहरूलाई विदेशको शिक्षा नीति, विश्वविद्यालयको शैक्षिक गुणस्तर, भौतिक शैक्षिक पूर्वाधार, पूर्वतयारी , छात्रावृत्ति, लगायत सम्पूर्ण विषयमा जानकारी गराइएको थियोे । 


उच्च शिक्षाको लागि युके , क्यानडा , अष्ट्रेलिया , आयरल्यान्ड , युसए जस्ता देशका बारेमा सम्पुर्ण जानकारी तथा परामर्श बाट विद्यार्थीहरु लाभान्वित भएको कुरा एस आई युके ईटहरीका संचालक मदन अधिकारीले बताए ।


आजको ग्लोबलाईजेसन समयमा शिक्षाको दायरा फराकिलो हुँदै गएकोले, शैक्षिक गन्तव्यको लागि बिद्यार्थीको रुचि नेपाल बाहिर समेत उच्च रहेको ,र त्यसको लागि स्वस्थ प्रतिस्पर्धा नियम सँग  सदैव रहनुपर्ने संस्थाका अर्का संचालक गोपाल निरौलाले जोड दिनु भयो ।IMG_20230908_130416