इटहरी / इटहरी रहेको विगत २० वर्ष देखि सञ्चालन हुदै आएको एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिस इटहरीले विद्यार्थीहरूलाई शैक्षिक परामर्श दिएको छ ।
शुक्रबार एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिस इटहरीले शैक्षिक परामर्श तथा ‘एजुकेशन फेयर’ को आयोजना गरी अष्ट्रेलिया , क्यानडा , युके , युएएस न्युजिल्यान्ड कलेजका मुख्य प्रतिनिधि सहभागी भएर विद्यार्थीहरूलाई भिसाको नीति, पोलिसी, कलेज , तथा युनिभर्सिटी, आइएलटिएस र पिटिइका कक्षा सम्बन्धि विषयमा प्रत्यक्ष प्रतिनिधिमार्फत विद्यार्थीहरूलाई जानकारी गराएका थिए ।
एक्सपर्टले उच्च शिक्षाको लागि विदेश गएर पढ्ने विद्यार्थीहरूलाई विदेशको शिक्षा नीति, विश्वविद्यालयको शैक्षिक गुणस्तर, भौतिक शैक्षिक पूर्वाधार, पूर्वतयारी , छात्रावृत्ति, लगायत सम्पूर्ण विषयमा दुई जना बढी विद्यार्थीहरूलाई जानकारी गराइएको एक्सपर्ट एजुकेशन अपरेशन हेड सिडनीका भुवन हरी पाण्डेले बताए ।
उनले भने , यो शैक्षिक परामर्शमा विद्यार्थीहरुले अष्ट्रेलिया , क्यानडा , युके , युएएस कलेजका मुख्य प्रतिनिधि भेटेर २० वटा भन्दा बढि शैक्षिक संस्थाका बारेमा सम्वन्धित संस्थाका प्रतिनिधिहरुसँग अन्तरकृया गरी त्यहाँको शैक्षिक अवस्थाको बारेमा बुझ्ने अवसर नै हो ।
एक्सपर्टले उच्च शिक्षाको लागि विदेश गएर पढ्ने विद्यार्थीहरूलाई विदेशको शिक्षा नीति, विश्वविद्यालयको शैक्षिक गुणस्तर, भौतिक शैक्षिक पूर्वाधार, पूर्वतयारी , छात्रावृत्ति, लगायत सम्पूर्ण विषयमा दुई जना बढी विद्यार्थीहरूलाई जानकारी गराइएको एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिस इटहरी शाखाका सञ्चालक कमल तिम्सिनाले बताए ।
एक्सपर्टले पूर्वमा इटहरी, विराटनगर र बिर्तामोड लगाएत ठाउँमा शाखा सञ्चालन गरि उच्च शिक्षाको लागि युके , क्यानडा , अष्ट्रेलिया , युसए जस्ता देशको भाषा पढाउदै आएको एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिस इटहरी शाखाका सञ्चालक भभकृष्ण तिम्सिनाले बताए ।


