सुन्दरहरैँचा / माेरङकाे सुन्दरहरैँचा नगरपालिका - ७ स्थित शिव पान्चायन मन्दिरमा सुन्दरहरैँचा महिला मञ्चले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा सुन्दरबाटीका एकेडेमी प्रथम भएको छ ।
बाल दिवसकाे अवसर पारेर गरेकाे प्रतियाेगितामा ज्ञान ज्योती इङ्लिस स्कुल द्वितीय तथा साजिलाल मावि गछिया ब्लक तृतीय भएको छ । आउँदै गरेको बाल दिवस साथै हरितालिका तिजको अवसर पारेर वक्तृत्वकला ,कुर्सी छकाई तथा दर खाने कार्यक्रम सम्पन्न गरेको मन्चकी अध्यक्ष मिना ओझाले जानकारी दिइन् । कार्यक्रममा वडा अध्यक्ष भुवन सिंह आले मगरको प्रमुख अतिथिमा सम्पन्न भएको थियो ।


