इटहरी / नेपालीहरूको महान चार्ड हरितालिका पर्व तीजको अवसरमा इटहरीको विश्व आदर्श एकेडेमीले ट्राफिक महिला प्रहरीहरुलाई सम्मान गरेको छ । 


विश्व आदर्श एकेडेमीले गरेको तीज विशेष कार्यक्रममा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी अन्तरगत कार्यरत विभिन्न दर्जाका दश जना महिला ट्राफिक प्रहरीहरुलाई सम्मान गरेको हो । सुनसरीकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले उनीहरुलाई सम्मान गरेकी थिइन् ।


कार्यक्रममा प्रहरी नायव निरीक्षक विनुमाया शिवाकोटी, प्रहरी वरिष्ठ हवल्दार गंगा भुजेल, तुलसा खड्का, प्रहरी सहायक हवल्दार चन्द्रकला भट्टराई, धनकुमारी बस्नेत, चन्द्रकला देवकोटा, प्रहरी जवान सविता बस्नेत, अन्जली धामी, बुनु दाहाल र गंगा दाहाललाई सम्मान गरिएको थियो ।

1694964917307

प्रत्येक वर्ष विभिन्न सामाजिक क्षेत्रमा योगदान गर्ने महिलाहरुलाई सम्मान गर्दै आएकोमा यस वर्ष राजमार्गमा खटिएर यातायात व्यवस्थापन गर्ने कार्यमा योगदान पुर्याउने महिलाहरुलाई सम्मान गरिएको विश्व आदर्श कलेजका प्राचार्य गणेशकुमार दुलालले जानकारी दिए ।


कार्यक्रममा विद्यार्थीहरुले साँगीतिक कार्यक्रमसमेत प्रस्तुत गरेका थिए । विश्व आदर्श एकेडेमीका अध्यक्ष लेखनाथ घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधी तथा शिक्षकहरु र विद्यार्थीहरुको सहभागिता थियो ।16949649054401694964912918