झापा / झापाको बिर्तामोडमा २ अर्ब बढी लगानीमा खोलिएको भाभटेनी सुपर मार्केट आजबाट संचालनमा आएको छ ।


 प्रबन्ध निर्देशक मीन बहादुर गुरुङले ब्राह्मण बाट शुभ साइत गराइ बाजा गाजा सहित  आज संचालनमा ल्याएका हुन् । यो स्टोर १५ कठ्ठा क्षेत्रफलमा करिब २ लाख ५० हजार स्कवायर फुट सपिङ्ग स्पेस रहेको छ । 


 यस अघि कोशी प्रदेशको धरान, बिराटनगर तथा इटहरीमा स्टोर सञ्चलनमा आइसेको छ । स्वदेशी तथा बिदेशी ब्राण्ड का उच्च गुणस्तरका सामानहरु पाईने यस सुपर स्टोरमा झापा जिल्ला सहित आसपसका छिमेकी जिल्ला तथा छिमेकी मुलुक भारतका सिमावर्ति शहरबाट समेत ग्राहकहरु किनमेलकालागि आउने विस्वास भाटभटेनीका अध्यक्ष मिनबहादुर गुरुङको रहेको छ । 

1695263551696

नेपालमै अन्तराष्ट्रिय स्तरको सपिङ अनुभव र सेवा प्रदान गर्ने तथा नेपालमै रोजगारीको अवसर सृजना गर्ने उद्देश्य सहित देशभरका ठूला शहरहरुमा भाटभटेनीको स्टोर विस्तार गरिएको उनी बताउँछन ।


देशमा व्याप्त आर्थिक मन्दीका कारण ब्यपार ब्यवसायमा निरासा छाएको बेला भाट्भटेनीको सञ्चालनले पूर्बी नेपालको आर्थिक बिकासमा थप टेवा पुग्ने देखिन्छ । भाट्भटेनीको स्थापनाले बिर्तामोड लगाएत पूर्बी नेपालकै आर्थिक तथा  पर्यटकीय गतिबिधि समेत बढ्ने देखिन्छ । 


उपभोक्ता लाई बजार मूल्य भन्दा सस्तो एवम् गुणस्तरीय सामाग्री एकै ठाउँबाट उपलब्ध गराइने भएकोले सामनको मूल्य र गुणस्तरमा ग्राहक ठगीन नपर्ने हुँदा भाट्भटेनि यस क्षेत्रका उपभोक्ताको शपिङका लागि पहिलो रोजाई बन्ने क्षेत्रीय ब्यवस्थापक बिनोद भट्टराईले बतए । 


भाटभटेनि व्यवसाय मात्र नभै रोजगारी आभियान पनि रहेकोहुदाँ हाल सम्म करीव दश हजार बढीले प्रतक्ष रोजगारी प्राप्त गरेको र यो स्टोरमा पनि यस क्षेत्रका करिब तीन सय स्थानीयले रोजगार प्राप्त गरेको अध्यक्ष गुरुङ बताउँछन । 


आज उद्घाटनका आवसरमा आम ग्राहकलाइ प्रत्येक सामानको खरिदमा १० प्रतिशत तथा ईलेक्ट्रोनिक्समा २० प्रतिशत सम्म छुटको ब्यवस्था पनि रहेको स्टोरका चिफ अपरेसन म्यानेजर पाउने पानु पौडेलले बताए । 


यस स्टोरमा ग्रोसरी, किचनवेयर, रेडिमेड गार्मेन्ट, फुटवेयर, इलेक्ट्रोनिक्स, ब्रान्डेड गार्मेन्ट, ब्रान्डेड फूट्वेर, फूड्कोर्ट, मल्टिप्लेक्स सिनेमा हल तथा बालबलिकाका लागि किडजान तथा स्केट पार्क लगयतका सुबिधाहरु रहने भट्भटेनीले जनाईएकोे छ ।बिर्तामोडको भाभटेनी सुपर मार्केट