सुनसरी /  बराहक्षेत्रको मुनबिम एकेडेमी हाजिरी जवाफ प्रतियोगितामा प्रथम बनेको छ।


 मुनबिम एकेडेमी १सय ३० अङ्क सहित प्रथम बनृको छ । ९५ नम्बर ल्याउँदै जय सप्तकोशी स्कुल दोस्रो र  ८० नम्बरका साथ अक्सफोर्ड लाइफ स्कुल तेस्रो स्थान हासिल गरेको हो ।


बराहक्षेत्रका सम्पूर्ण माध्यमिक सम्मका तेह्र १३  निजी तथा संस्थागत विद्यालयहरु सहभागि रहेका विद्यालयमा पहिलो छनौट राउण्डबाट जय सप्तकोशी,चिल्ड्रेन हार्ट,भरौल बाल मन्दिर,पिसफुल,अक्सफोर्ड  लाइफ ,मुनबिम एकेडेमी छनोट भएका थिए।