इटहरी / इटहरीमा रहेर सञ्चालन हुदै आएको सुष्मा गोदावरी कलेजले कक्षा ११ का विद्यार्थीलाई स्वागत गरेको छ ।
कलेजका अध्यक्ष राजेश श्रेष्ठको अध्यक्षता तथा राहुल रायको संयोजकत्वमा कक्षा १२ का विद्यार्थीले विभिन्न कार्यक्रमको आयोजना गरी कक्षा ११ का विद्यार्थीलाई स्वागत गरेका हुन ।
स्वागत कार्यक्रममा कक्षा १२ का विद्यार्थीहरुले सांस्कृतिक नृत्य , गित समेत प्रस्तुत गरेका थिए ।। त्यसै गरी कक्षा ११का विद्यार्थीको सहभागितामा मिस्टर एण्ड मिस सुषमा प्रतियोगिता आयोजना गरेको थियो ।
प्रतियोगिताका निर्णायकहरुमा रोनिश राउत , मेरिना तुम्सा लिम्बु , दिपक गिरी , आसिका रायमाझी , रोनक अग्रवाल रहेका थिए । मिस्टर तथा मिस सुषमा बन्न सफल विद्यार्थीलाई पुरस्कार समेत वितरण गरिएको थियोे ।
कार्यक्रममा कलेजका निर्देशकद्धय पेशल पोखरेल, सुकदेव घिमीरे ,विद्यार्थी अभिभावक लगायतको उपस्थिति रहेको थियोे ।
यस कलेज उच्च शिक्षाका लागि महत्त्वपूर्ण आधारका रूपमा रहने कक्षा ११ र १२ को उपलब्धिले विद्यार्थीको शैक्षिक भविष्य निर्धारण गर्ने र यहा विगतका बर्षहरूमा उत्कृष्ट नतिजा ल्याउन सफल, योग्य तथा दक्ष जनशक्तियुक्त र प्रविधियुमैत्री बिद्यालय / कलेज रहेको छ ।
कक्षा ११ र १२ मा विज्ञान तथा व्यवास्थापन विषयका कक्षा सञ्चालन गर्दै आएको छ । कलेजले इटहरीमै पहिलो पटक व्यवस्थापन समूहभित्र होटल म्यानेजमेन्टको कक्षा पनि सञ्चालन गर्दै आएको छ ।
अध्ययनसँगसँगै आफु भित्रको प्रतिभालाई अतिरिक्त क्रियाकलाप तथा सहशैक्षणिक क्रियाकलापका माध्यमबाट बाहिर ल्याउन विशेष प्रोत्साहन सुषमामा गरिन्छ । सव ओभरसियर लगायत व्याचलरमा भने वि.वि.एस, र विएस्सी सिएस्आइटीका कक्षाहरु पनि कलेजमा सञ्चालन हुँदै विद्यालयका प्रधानध्यापक भोजराज न्यौपानेले बताए ।


