सिताराम चन्द्रवंशी (समीर) 

बराहक्षेत्र / बराहक्षेत्र नगरपालीका वडा न . ९ को छब्बीस पाइपमा अध्यक्ष निरन्जन मण्डल चन्द्रवंशी को अध्यक्षतामा बसेको आम उपभोक्ता भेलाले  पन्ची चन्द्रवंशीकोअध्यक्षतामा  ७ जनाको मुल उपभोक्ता समिति गठन गरेको छ ।

स्थानीय महिलाहरु एक भएर महिलाले पनि समाजका लागि काम गर्न सक्ने भन्दै सातै जना महिलामात्र रहेको समिति सर्वसम्मत पारीत भएको हो । बराहक्षेत्र ९ को राजाबास देखी जुङ्गे चौक सम्म बाटो मर्मत गर्न यो उपभोक्त समिति गठन भएको हो । 

सडक मर्मत कार्य बराहक्षेत्र नगर योजना लागत योजना अनुमान  तिन लाख रहेको र उपभोक्त समिति अनुगमन तथा सहजीकरण समिति गठन विधि काम र कर्तव्य , अधिकारको बिषयमा  वडा सदस्य चतुरलाल चौधरीले सहजिकरण गर्नुभयो ।

IMG-20230925-WA0016

पुरुष  उपभोक्त समिती बन्द ३३ प्रतिशत  समाबेशी र साक्षर हुनु पार्ने नियम छ  भने महिलाहरु मात्र  रहेेर पनि समिति बनाउन सक्ने प्रावधान छ  यसैै प्रावधान अनुसार सुनसरीको बराहक्षेत्र मै पहिलो पटक महिलाहरुको उपस्थितमा  उपभोक्त समिति सर्बसम्मत तरिकाले सबै महिलाहरु मात्र  समितिमा रहनेेगरी समिति बनाइएको  अध्यक्ष पन्ची चन्द्रवंशीले बताउनुभयो।

समिति  सचीवमा आरति चन्द्रवंशी , कोसाअध्यक्षमा सत्मी कबिरथ र सदस्य पबित्र चौधरी लगाएत गरि ७ जनाको मुल उपभोक्ता समिति गठन भएको र यो बराहक्षेत्र मा पहिलो पटक रहेको वडा सदस्य भरत मण्डलले बताउनु भयो ।