सिताराम चन्द्रवंशी ( समीर )
सुनसरी /जनता बहुमुखी क्याम्पसमा पद्दश्री साहित्य पुरस्कारबाट सम्मानित लेखक रमेश सायनको अन्तर बुक टक अन्तरकृय कार्यक्रम समापन भएको छ । कार्यक्रममा आकर्षक ब्यक्तित्व पद्मश्रि साहित्यक पुरस्कार २०७५ बाट सम्मानित कवि एवं लेखक रमेश सायन बिच सहजकर्ता बिबेक बिश्व रेग्मि लगाएत जनता बहुमुखी क्याम्पसमाका क्याम्पस प्रमुख शिक्षाण , स्वबियु सभापति र शैक्षिक बौद्धिक ब्यक्तिहरुको विद्यार्थीहरुको सहभागीमा उक्त कार्यक्रम संचालन गरिएको हो ।कार्यक्रम संचालकको रूपमा जेनिसा सुमन ले सन्चालन गरेको हो । कार्यक्रमको सभापतिको रूपमा आयुस्मा अधिकारि , प्रमुख अतिथिको रूपमा गिता अधिकारी , अतिथीको रूपमा स्वबियु सभापति सहदेब काफ्ले लगएत अन्य बौद्धिक ब्याक्तित्वहरुको सहभागी रहेकोे थियोे ।

लेखक रमेश सायनको 'छुटेको अनुहार र अन्तर ' पुस्तक प्रदर्शन गरि उक्त कार्यक्रममा हामी युवाहरू उपन्यास किन पढ्नु पर्छ भन्ने बिशय मा दोहोरो अन्तर संवाद गरि प्रेरणादायिक र महत्त्वपूर्ण बिसमा आधारित रहेर बृहत छलफल गरिएको आयोजकले जनाएको छ । पछिल्लो समय चर्चा मा रहेकोे "अन्तर " उपन्यास अध्यानले सोचाइको अन्तर बारे प्रष्ट पार्न खोजेको छ । आम मानिसको सोचाइमा बिकास हुने देखिन्छ भनी लेखकले बताए । रोक्रेट इन्टरनेसनल अभिन्न अंग जसले बिगत लामो समय देखि नेतृत्व बिकास महिला ससक्तिकरण जस्ता कार्य गर्दै आएको र कार्यक्रम आयोजक रोक्रेट क्लब आफ सुनसरी रहेको छ । लेखक ले भन्छन् "

केहि वर्षअघि छुटेको अनुहार पढेर म तमाम छुटेका अनुहार सम्झिएको थिएँ । अन्तर पढेर म फेरी बाल्यजीवनमा पुगेँ । स्कूल पुगेँ । टिचरका अनुहार सम्झेँ । आकाशे रंगको सर्ट र निलो स्कट लगाउने क्यूट क्यूट केटिहरु सम्झेँ । केहिलाई मैले पनि लेखेको थिएँ चिठ्ठी र केहिले मलाई पनि लेखेका थिए ।
पौडि त कति खेलियो खेलियो । एसएलसी समय । कलेज जीवन । मैले आफैलाई फर्किएर हेरेँ ।
अब विषयमा कुरा गरौँ ।
अहिले विश्वमा समलिङ्गीको मुद्धा प्रमुखताका साथ उठिरहेको छ । मानव सभ्यताको यति लामो इतिहासले यो मुद्धालाई निर्ममतापूर्वक दवाउँदै आएको थियो । संसारमा महिला र पुरुष दुई लिङ्ग मात्र हुन्छन् भन्ने मान्यताले अब धोका पाइसकेको छ । पुरानो भैसकेको छ ।
हाम्रा संरचना, संस्कार र सोँचहरुमा पुर्ननिर्माण तत्काल जरुरी छ । सामाजिक व्यवहारदेखि राज्यका नियमहरुमा रुपान्तरण अपरिहार्य छ ।

'शब्द' त्यहि पात्र हो, जस्को परिचय समाजले स्वीकार गर्न सक्दैन । मान्दैन । अर्थात आफ्नो अभिव्यक्तिमा असुरक्षा महसुस गर्दछ । समाजका जुनसुकै विषय संरचना र राज्यसँग ठोकिन्छ । मुलधारले पहिचान निर्माण गर्न त सकस व्यहोर्नुपर्ने दक्षिण एसियाली समाजमा अल्पसङ्ख्यक समुदायलाई कति संघर्ष गर्नुपर्छ, त्यो गोमा दिदिले देवघाट जानुपछाडिको कारुणिकताले पुष्टि गर्छ ।
नेपालमा समलिङ्गी विवाहलाई सर्वोच्चले मान्यता दिएपनि राज्यका कानुनमा देखिएको अपरिपक्वताले तमाम मानिसहरु अहिले परिचय र अधिकारविहिन छन् । समलिङ्गीको पहिलो मुद्धा भनेकै हाल पहिचान कै विषय हो ।
उपन्यास छुटेका अनुहारकै शैलीले निर्माण भएको छ । बाल्यवय तथा किशोरावस्थाका तमाम स्मृतिहरु छन् । छिनछिनमै हसाउँछ र छिनमै रुवाउछ । कथा पूर्ण छ । कहिँ कतै कमी महसुस हुँदैन ।
नेपाली ग्रामिण समाजको चेतना कस्तो छ ? छोरा र छोरीप्रतिको दृष्टिकोण के हो ? पुरुष हुनुको अहमता कस्तो हुन्छ ? बाबु आमा, साथी र संगिनीको सम्बन्धहरुको अर्थ र सौन्दर्य के हो ? यो बुझ्न अन्तर पढे हुन्छ ।
यो उपन्यासले नयाँ पाठकको झन बेसरी मन जित्नेछ ।"


