रंगेली / ६८ औं प्रहरी दिवस-२०८० को अवसर पारेर इलाका प्रहरी कार्यालय रंगेलीले आज प्रहरी संग विद्यार्थी कार्यालय सम्पन्न गरेको छ । इप्रका रंगेलीको आयोजना तथा श्री सदभाव बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सहयोगमा प्रहरी संग विद्यार्थी कार्यक्रम सम्पन्न गरेको छ ।     

received_3661321607483903        पब्लिक माध्यमिक विद्यालय रंगेलीको सहकार्यमा उक्त विद्यालयका शिक्षक तथा विद्यार्थीहरुको उपस्थितिमा “प्रहरीसँग विद्यार्थी”, कार्यक्रम सम्पन्न गरिएको हो ।

received_1016590259766620

उक्त कार्यक्रमको अवसरमा इलाका प्रहरी कार्यालय रंगेली मोरङको कार्यालय परिसरमा विभिन्न प्रजातिका विरुवाहरु वृक्षरोपण गर्नुका साथै हिरासत कक्षमा विभिन्न जीवनपयोगी पुस्तकहरु समाबेश गरिएको पुस्तकालयको विद्यार्थीद्वारा समुद्घाटन गरिएको छ ।

received_991474358630186

कार्यक्रमका दौरान विद्यार्थिहरुलाई प्रहरी सेवा प्रवाह सम्बन्धमा कार्यालय प्रमुख प्रहरी निरीक्षक बुद्धिराम चौलागाईंले जानकारी गराएका थिए ।

received_991226352160984