इटहरी / उद्योग वाणिज्य संघ इटहरीले ढक तराजु, लिटर, मिटर दर्ता तथा नविकरण शिविर सञ्चालन गरेको छ ।
उपभोक्ताहरु नठगिउनु भनेर उद्योग वाणिज्य संघ इटहरीकै भवनमा ढक तराजु ,लिटर ,मिटर दर्ता तथा नविकरण शिविर सञ्चालन गरिएको हो । नेपाल गुणस्तर तथा नापतौल विभाग विराटनगरको सहकार्यमा गरिएको ढक, तराजु, लिटर, मिटर दर्ता नविकरण शिविरमा ढक तराजु , लिटर, मिटरहरुको परिक्षण गरिएको हो ।
व्यावसायीहरुको नापतौलका उपकरण दर्ता तथा नविकरण शिविर मार्फत गराइएको उद्योग वाणिज्य संघ इटहरीका कोसाध्यक्ष सन्नी चौधरीले जानकारी दिनु भयो । इटहरीका व्यावसयीहरु बाट हुने सेवा सुविधा होस् पारदर्शी होस् भन्ने धारणले शिविरको आयोजना गरेको कोसाध्यक्ष चौधरीले वताउनु भयो ।
स्थानिय स्तर मै उद्योग वाणिज्य संघ इटहरीले शिविर सञ्चालन गरेकोमा शिविरका सेवा ग्राही व्यावसायी उपेन्द्र थापाले खुशी व्याक्त गर्नु भएको छ । इटहरी क्षेत्रमा व्यवसाय गर्ने धेरै जसो व्यापारीहरु नाप तौलसँग सम्वन्धीत व्यापार गर्ने भएकाले पनि उपभोग्ताहरु नठगिउनु तथा अनुगमनका क्रममा समेत व्यवसायीहरुको कमजोरी नपाइयोस भन्नका लागि नापतौल सम्वन्धी शिविर सञ्चालन गरिएको उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष जीवन पराजुलीले जानकारी दिनुभयो ।
शिविरमा नापतौल सम्वन्धी व्यवसाय गर्ने व्यवसायीहरु ढक तराजु लिटर मिटर परिक्षण सहित दर्ता नविकरणका लागि सहभागी भएका थिए । ढक तराजु , लिटर ,मिटर दर्ता तथा नविकरण शिविर २७ गते सम्म सञ्चालन हुने छ । त्यस्तै तरहराको नाप तौल शाखा संग सहकार्य गरेर २७ गते इटहरी २० को वडा कार्यालय अगाडि सगरमाथा खेलमैदानमा नाप तौल सञ्चालन हुने उधोग वाणिज्य संघ इटहरीका महासचिव बिनोद पौडेलले बताउनुभयो । 


