इटहरीमा विगत १४ वर्ष देखि सञ्चालनमा रहेको सन्तोषी  बचत तथा ऋण सहकारी संस्थाको १४ औं वार्षिक साधारणसभा सम्पन्न  भएको छ । 

बिहिवार  संस्थाको भवनमा साधारण सभा गरिएको हो । साधारण सभामा संस्थाका अध्यक्ष नवराज बुढाथोकीले समितिको बार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । 

प्रतिवेदन अनुसार २०७९/८० को शेयर पुर्जी ९४  लाख  ४६ हजार ८ सय ३०  रहेको छ  भने यस वर्षका संस्थाको कुल ऋण लगानी २ करोड  ४४ लाख ५१ हजार ६ सय ४० रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । त्यस्तै यस वर्ष संंस्थाको सम्पत्ति मौज्दात ३ करोड ७० लाख १५ हजार ६ सय रहेको सस्थाका अध्यक्ष बुढाथोकीले बताउनु भयो । आर्थिक तथा प्रगति प्रतिवेदन आ. व. २०७९/८० तथा कार्य योजना २०८०/८१ को वार्षिक प्रतिवेदन टंक ढुङ्गनाको  संयोजकत्वमा तयार परिएको हो ।

IMG_20240111_121440

 सस्थाले आफ्नो १४ औं वार्षिक साधारणसभामा उत्कृष्ट कारोबार गर्नेमा  प्रदीप बस्नेत, संस्थामा आवद्ध शेयर सदस्यका छोरा छोरी मध्ये उकृष्ट अंक ल्याउनेमा  स्नेहा श्रेष्ठलाई सम्मान गरिएको हो । 

IMG-20240111-WA0012

कार्यक्रममा अध्यक्षता  संस्थाका नवराज बुढाथोकीको रहेको थियोे । साधारणसभाको संयोजक हेमराज विष्ट रहनुु भएको थियो । संचालक समितिका उपाध्यक्ष सिताराम सापकोटा, सदस्यहरु तिर्थ लुइँटेल, डेडराज सुवेदी, टीका कुमारी विष्ट, डम्बर प्रसाद भट्टराई छत्र, कुमारी पराजुली, हेमराज विष्ट, विना बराईली,  साधारण सभामा सहकारीका शेयर सदस्य, विभिन्न संघ संस्थाका प्रतिनिधि, लगायत स्थानियको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो । सन्तोषी बचत तथा ऋण सहकारी संस्थाले विभिन्न खाल्का कार्यक्रम सञ्चालन गर्दै आएको छ ।