सुनसरी । फरवार्ड माइक्रोफाइनान्स इन्स्टिच्युसन लिमिटेडको ११ औं वार्षिक साधारण सभा दुहवीमा  सम्पन्न भएको छ । 

पुर्व मन्त्री तथा संघीय सांसद भगवती चौधरी  प्रमुख अतिथ्यता सम्पन्न कार्यक्रममा उद्घाटन गर्दै प्रमुख अतिथि चौधरीले लघुवित्त संस्था बिरुद्ध विभिन्न किसिमका अफवाह फैलाएर ऋण नतिर्ने र समाजमा अराजकता फैलाउने, भ्रम सिर्जना गर्ने गर्दा यस्ता कार्यले  देशको अर्थतन्त्र धरासायी हुदै जाने  बताउनुभयो ।

FB_IMG_1705098175782

     त्यस्तै विश्व आर्थिक मन्दीको चपेटामा परेको समयमा पनि नेपालको लघुवित्त संस्थाले ५९ लाख गरिब सदस्यलाई वित्तीय सेवा प्रदान गरी आर्थिक सुधारमा टेवा पुर्याएको स्मरण गर्दै समाज सुधारका क्षेत्रमा लघुवित्त संस्थाले पुर्याएको योगदान लाइ भुल्न नहुने प्रमुख अतिथि चौधरीले बताउनुभयो।

       विशेष अतिथि गढी नगरपालिकाका अध्यक्ष तथा फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाका पूर्व प्रमुख कार्यकारी अधिकृत अश्नारायण चौधरीले प्रतिकुल अवस्थालाई ध्यानमा राख्दै लघुवित्त संस्थाले गरिब ग्राहकको जीवनस्तरमा सुधार र युवालाई रोजगारी प्रदान गरेकोमा सन्तोष व्यक्त गर्नुभयो।

FB_IMG_1705098825751

       आर्थिक मन्दीको समयमा पनि यस फरवार्ड लघुवित्त संस्थाले गरिब सदस्यलाई वित्तीय सेवा प्रदान गरी आर्थिक सुधारमा टेवा पुर्याएको बोर्ड अफ डायरेक्टर कमल सिंह राजवंशीले बताउनुभयो ।

FB_IMG_1705098841102