इटहरी / नेपाल तरुण दल इटहरी उपमहानगरपालिका वडा नम्बर ७ को आयोजनामा प्रथम तरुण खुल्ला दौउड प्रतियोगिता सम्पन्न भएको छ ।
स्वास्थ्यका लागि खेलकुद भन्ने नाराका साथै नेपाल तरुण दल इटहरी वडा नम्बर ७ को आयोजनामा महिला पुरुषको छुट्टाछुट्टै सहभागितामा प्रथम तरुण खुल्ला दौउड प्रतियोगिता सम्पन्न भएको हो ।
नेपाल तरुण दल इटहरी वडा नम्बर ७का सभापति अतित राईको अध्यक्षता तथा जिल्ला सभापति सिजन गुरुगंको प्रमुख आथित्यमा प्रथम तरुण खुल्ला दौउड प्रतियोगिता भएको थियो । प्रतियोगितामा पुरुष तर्फ प्रशान्त तामागं प्रथम , अजय राई द्धितिय र इकाई लिम्बु तृतिय भएका थिए ।
महिला तर्फ इन्द्रकला नेम्वागं प्रथम , चेनवीमाया राई द्धितिय र कल्पना राई तृतिय भई । प्रतियोगितामा दुई सय जना बढीको सहभागिता रहेको थियो । प्रतियोगितामा प्रथम द्धितिय र तृतिय हुनेलाई क्रमशः पाँच हजार ,तीन हजार र दुई हजार नगद सहित ट्रफि, प्रमाण पत्रले पुरस्कृत गरियो। तरुण दल इटहरी ७ ले समय समयमा सरसफाई ,जेब्राक्रस बनाउने , आर्थिक अवस्था कमजोर भएकालाई सहयोग गर्ने लगायतका सामाजिक कार्य गर्दै आएको छ । 


