इटहरी,१५ माघ । सुनसरीको इटहरीमा भएको नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको दुई दिने "अनेरास्ववियु पाठशाला"सम्पन्न भएको छ ।अनेरास्ववियु कोशी प्रदेश कमिटीको आयोजनामा माघ १४ देखि १५ गते सम्म संचालन भएको "अनेरास्ववियु पाठशाला" आज सोमबार सम्पन्न भएको हो ।

कोशी प्रदेशका विभिन्न जिल्लाबाट आएका अनेरास्ववियुका नेता कार्यकर्तालाई बैचारीक क्षमता अभिबृद्दी गर्ने उदेश्यकासाथ "अनेरास्ववियु पाठशाला"को आयोजना गरिएको अनेरास्ववियु कोशी प्रदेश कमिटीका अध्यक्ष जीवी गजलले जानकारी दिए । 

करिव सय भन्दा बढीको संख्यामा रहेका प्रदेशभरका जिल्लाहरुबाटबाट सहभागि विद्यार्थी नेताहरुलाईलाई आर्टिफिशियल इंटेलिजेंसको विषयमा नेकपा एमाले केन्द्रीय प्रचार विभाग सदस्य लीलाराज भट्टराईले तालिम दिएका थिएका थिए ।

Screenshot_2024_0129_182334

अनेरास्ववियुका पुर्व अध्यक्ष तथा नेकपा एमालेका विद्यार्थी इञ्चार्ज किशोरविक्रम मल्लले राजनितिक दल र तिनीहरुको अवस्थाका विषयमा  त्यसैगरी  अनेरास्ववियुका पुर्वअध्यक्ष एवं नेकपा एमालेका पोलिटव्युरो सदस्य माधव ढुङ्गेलले दर्शन र विचार र संगठनको विषयमा प्रशिक्षण दिएको अनेरास्ववियु कोशी प्रदेश कमिटीका सचिव सन्तोष घिमिरेले जानकारी दिए । कार्यक्रममा सहभागीहरुलाई प्रमाण पत्र समेत प्रदान गरिएको सचिव घिमिरेले बताए। 

May be an image of 7 people and table"अनेरास्ववियु पाठशाला' प्रशिक्षणबाट राम्रो ज्ञान प्राप्त प्राप्त भएको सहभागी मध्ये अनेरास्ववियु सुकुना क्याम्पस कमिटीका अध्यक्ष योगेशदाहाले बताए । यस्तो कार्यक्रम अनेरास्ववियुले आगामिदिनहरुमा निरन्तरता दिए अझ राम्रो हुने दाहालले भने । त्यस्तै अर्का सहभागी अनेरास्ववियुका कोशी प्रदेश कमिटीका सदस्य रिजेन भट्टराईले यस्तो कार्यक्रम जिल्ला स्तरमापनि चलाउनु पर्ने कुरा व्यक्त गरे । 

Screenshot_2024_0129_182350