सुन्दरहरैंचा/ महिला बचत तथा ऋण सहकारी संस्था ले आफ्ना सेयर सदस्यहरुका लागि राहतकाेष बनाएर घाइते बिरामी हुँदा नगद सहित सहयोग गर्ने गरेका छ ।

यसै क्रममा महिला साकोसको बुढीगंगा सकारात्मक सेवाकेन्द्र सुन्दरहरैचा ४ बाँसबारी, अन्तरगतका सदस्यहरु

तारादेवी राना मगरलाई बिगत ४ महिनादेखि क्यान्सर भई सो रोगको उपचार गराउदै आउनुभएकोले  घरमै पुगि सदस्यको सिघ्र स्वास्थ्यलाभको कामना गर्दै संस्थाको राहतकोष कार्यविधिको नियमानुसार उपचार राहत रु.२०,००० र क्रमशः किरण दाहालको हात भाँचिएको,  रमेस साहु को खुट्टा भाँचिएको र श्री उमादेवी खनाल को खुट्टा भाँचिएको हुदाँ संस्थाकाे राहतकाेष कार्यबिधि बमाेजिम प्रु्ति सदस्य रू. ५००० का दरले नगद राहत प्रदान गरेको सञ्चालक सदस्य तथा सेवाकेन्द्र ब्यवस्थापन उपसमिति संयोजक ओम प्रसाद दंगालले बताउनुभयो। सेवाकेन्द्रको एक टोलि सदस्यको निवासमै पुगि नगद राहत प्रदान गरेको बासबारी सेवा केन्द्र ब्यवस्थापक संखर लम्सालले बताउनुभयो ।