मिलन अधिकारी
इटहरी / इटहरी कै पुरानो विद्यालय भनेर चिनिने वडा नम्बर १७ मा विगत ७१ वर्ष देखि सञ्चालनमा रहेको पकली माध्यमिक विद्यालयमा ६ सय ३४ जना विधार्थी भएको पकली माध्यमिक विद्यालय सामुदायिक विद्यालय हो ।
विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा , प्रविधि मैत्री वतावरणमा पढाइको गुणस्तर उकास्न अङ्ग्रेजी माध्यमद्वारा विद्यार्थीहरूलाई छुट्टै योजना लिएर शिक्षा दिलाउनु पर्छ भन्ने उदेश्य सहित २०८१ देखि अङ्ग्रेजी माध्यम द्दारा शिक्षण गराउन तर्फ विधालय परिवार अघि बढेको छ । केही समय अगाडि वृहत भेला आयोजना गरिएको थियो । अङ्ग्रेजी माध्यममा कक्षा सञ्चालन गर्न, नमुना विद्यालय बनाउन पहल गरिएको पकली माध्यमिक विद्यालयका सहायक प्रधानध्यापक हरिराम बताउनुभयो । पहिलेको तुलनामा अहिले विद्यालयमा चौतर्फी विकास भएर गएको भट्टराईले बतानु भयो ।
पकली माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोदकुमार झा २०७४ सालमा आउदा ३ सय ७५ जना बिद्यार्थी थिए भने अहिले ६ सय ३४ जना विद्यार्थी अध्यनरत रहेको झाको भनाइ छ । विद्यालयका शैक्षिक सुधारमा विद्यालय व्यवस्थापन समिति, शिक्षक , विद्यार्थी , विद्यालय परिवार ,जनप्रतिनिधि , वडा अध्यक्षको प्रमुख भुमिका रहेको उहाँ भनाइ छ ।
अङ्ग्रेजी माध्यमबाट पढाइ हुँदा आफुलाई फाइदा हुने विद्यालयमा अध्यनरत विद्यार्थी रोमी कार्कीले बताउनुभयो । विद्यालयका शिक्षकले पढाएको विषय विद्यार्थीले नबुझे शिक्षकले बुझाएर पढाउने विद्यार्थी कार्कीले बताउनुभयो । पहिला कम्युटर ,पोजेक्टर कक्षा ,पुस्तकालयमा किताब ,विज्ञानशालाका सामग्रीको कमि थियो भने अहिले उक्त सामग्रीहरु प्रयाप्त मात्रामा उपलब्ध भएको विद्यार्थी अमिर अलिले बताउनुभयो ।
पकली माध्यमिक विद्यालय अभिभावक, विधार्थी, शिक्षक, विधालय व्यावस्थापन समिती, स्थानिय सरकारको चासोको विषय भएकाले पकलि माध्यमिक विधालयमा केहि समय पछि शैक्षिक गुणस्तर वृद्धी हुनेमा दुईमत छैन ।

