इटहरी / विश्व क्यान्सरको दिवसको अवसरमा इटहरी वडा नम्बर १५ र १६ मा क्यान्सर सम्वन्धि ग्रामिण सचेतना तथा परिक्षण कार्यक्रम गरिएको छ ।

इटहरी उपमहानगरपालिका वडा नम्बर १५ र  १६  को आयोजनामा महिलाहरूको पाठेघर क्यान्सर सम्बन्धि समस्या र महिलाको रोग सम्बन्धि सचेतना गराइएको हो । इटहरी मेडिकलका स्वास्थ्यकर्मी र इटहरी अस्पतालका स्वास्थ्य कर्मीहरूले क्यान्सर रोगबाट हुने स्वास्थ्य समस्याका विषयमा घरदैलो कार्यक्रम गरेर जानकारी गराएका थिए ।

क्यान्सर रोग जटिल रोग भएकाले समयमै ध्यान दिन सके यसबाट बच्न सकिने इटहरी अस्पतालका डाक्टर निशा अधिकारीले बताउनुभयो । महिलाहरूको सामान्य उपचार यहीँ भएकाले जटिल रोग भएका महिलालाई इटहरी अस्पतालमा उपचार गर्ने उहाँको भनाइ छ ।

इटहरी उपमहानगरपालिकाका उप प्रमुख संगिता कुमारी चौधरी  ,मेची महाकाली बुहारी संयुक्त आवाज कोशी प्रदेशकी संयोजक पिङ्की थापा,उव्धि युवा क्लबका प्रतिनिधि र स्वास्थ्य कर्मीको सहभागीता रहेको थियोे ।

नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइको छ ।

IMG_20240204_215541