मोरङ / मोरङको सुन्दरहरैंचा नगरपालिका -६ दुलारी स्थित साजीलाल माध्यमिक विद्यालयको ५८ औं वार्षिकोत्सव तथा अभिभावक दिवस भव्यताका साथ सम्पन्न भएको छ । 

पाँच दिन सम्म चलेको विद्यालयकाे वार्षिकोत्सबमा साेमवार समुदघाटन, प्रतिवेदन प्रस्तुत, मुखपत्र विमोचन, पुरस्कार तथा सम्मान र विविध संस्कृतिक कार्यक्रम भएको थियाे । कार्यक्रममा प्रमुख अतिथि काेशी प्रदेशका मुख्यमन्त्री केदार कार्की थिए । उनले अहिले विद्यालयका चाैर र खेल मैदान मासेर सटर निर्माण भइरहेकाे देख्दा उदेक लागेर आउँने गरेकाे बताए। उनले किताबी ज्ञानभन्दा पनि प्राकृतिक र प्रयाेगात्मक शिक्षाले मात्रै ज्ञान प्राप्त हुने गरेकाे हाम्रा शिक्षकले बुझ्नु आवश्यक रहेको उल्लेख गरे । 

अहिलेकाे प्रदेश सरकारले सडककाे याेजना काटेर १० वर्षमुनिका बालाबालिकाकाे निःशुल्क उपचार, शैलजा आचार्य हृदयराेग केन्द्र, महिला स्वास्थ्य स्वयं सेविकालाई प्राेत्साहन लगायतका मानवीय विकासका याेजना ल्याएर सडककाे विकास गर्भमा पुर्याएकाे मुख्यमन्त्री कार्कीले जानकारी दिए । 

विद्यालयमा पढ्ने विद्यार्थीहरूमा धनीका छाेराछाेरीले अंग्रेजी र गरीवका छाेराछाेरी नेपाली माध्यममा पढिरहेकाे कुण्ठा किन बढाइरहेका छाैं, याे कुण्ठाले धनीबिरूद्ध विद्राेहकाे  जग बनाउने अपराध सहय हुने उनको भनाइ थियोे ।

विद्यालयका प्रधानाध्यापक श्यामबाबु काफ्लेले  विद्यालयकाे वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।   कार्यक्रममा अक्षयकोष दाता , रामप्रसाद काफ्ले , दुर्गालाल चाैधरी , शिक्षक मानपुर चाैधरी , संगमलाल चाैधरी लगायतलाई सम्मान गरिएकाे थियाे  ।  IMG_20240205_225858

विद्यालयको ५८ औं वार्षिकोत्सव तथा अभिभावक दिवसकाे अवससरमा आन्तरिक खेलकुद तथा अन्तर मा.वि. हाजिरीजवाफ प्रतियोगिता , विद्यालय सरसफाइ तथा दीप प्रज्वलन ,  अक्षयकोष दाताबाट प्रदान , छात्रवृत्ति वितरण ,पुरस्कार वितरण, विविध साँस्कृतिक कार्यक्रम लगायत भएको थियाे ।IMG_20240205_230010

कार्यक्रममा नगरप्रमुख केदारप्रसाद गुरागाईं, उप-प्रमुख अकली चौधरी, पूर्व प्रदेश राज्य मन्त्री राजकुमार ओझा, पूर्व नगरप्रमुख शिवप्रसाद ढकाल, राष्ट्रिय परीक्षा बोर्ड कोशी प्रदेशका निर्देशक खेमनाथ पोख्रेल तथा विभिन्न वडाका वडाध्यक्ष , पाँच बढी विद्यार्थी तथा अभिभावक  लगाएतको उपस्थिति रहेको थियो । विद्यालयमा १ सय बढी शिक्षक रहेका छन् ।IMG_20240205_225918