इटहरी / इटहरी उप महानगरपालिका वडा नं ०३ स्थित आधारभूत स्वास्थ्य चौकीमा छाती तथा क्षयरोग सम्बन्धी १ दिने निःशुल्क स्वास्थ्य शिविर गरिएको छ ।
इटहरी उपमहानगरपालिका स्वास्थ्य महाशाखाको आयोजनामा इटहरी उप महानगरपालिका वडा नं ०३ स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रमा भएको निःशुल्क डाक्टर सहितको स्वास्थ्य शिबिर संचालनमा खोकी लागेका ज्वरो आएका तथा छाती सम्बन्धी समस्या भएका र सम्पूर्ण बृद्धबद्धा दीर्घरोगी तथा १५ वर्ष भन्दा माथिका सबै उमेर समुहका १ सय ५० जना बढीले निःशुल्क सेवा लिएका वडा अध्यक्ष उमेश सुबेदीले बताउनुभयो ।
समुदायमा लुकेर बसेका क्षयरोगका बिरामीहरूलाई समुदायमा गएर उपचारको दायरामा ल्याउने पहिचान गरि सकेपछि निदान गर्ने इटहरी उपमहानगरपालिका क्षयरोग मुक्त अभियान संयोजकका पुर्शोत्तम निरौलाले बताउनुभयो ।
शिविरमा निःशुल्क स्वास्थ्य परिक्षण, निःशुल्क औषधि, निःशुल्क छातिको एक्सरे तथा निःशुल्क खकार परिक्षण सेवाहरू उपलब्ध गराइएको थियोे ।


