इटहरी / लायन्स क्लब अफ इटहरी एक्टिभद्वारा निशुल्क स्वास्थ्य शिविर, साथै रक्तदान कार्यक्रम आयोजना गरीएको छ। क्लबले इटहरी उपमहानगरपालिका वडा नं ५ मा रहेको ज्योति मा बि प्राङ्गणमा फागुन ७ गते सोमवार निशुल्क आँखा जाँच, स्त्री तथा प्रसुती रोग, फिजिसियन, दन्त शिविर सम्बन्धि स्वास्थ्य शिविरको आयोजना गरेको छ।

IMG_20240219_092549

स्वास्थ्य शिविरबाट करिब ५ सय जनाले सेवा लिएको र क्लबले सामाजिक कार्य गर्ने हेतुले क्लबको स्थापना भएको बताउँदै इटहरीलाई स्वास्थ्य, सफा सुघ्घगर र हरित बनाउने अभियानमा आफुहरु लागेको क्लबका अध्यक्ष मन्दिरा भट्टराईले बताउनुभयो।


 शिविरमा नवदृष्टि आइ हस्पिटल र सान्वि हस्पिटल लबिपुरले स्वास्थ्य परिक्षणमा सहयोग गरेको छ। सोही अवसरमा क्लबले गरेको रक्तदान कार्यक्रममा ३१ जनाले रक्तदान समेत गरेको प्रविण माधुरी सेवा प्रतिस्ठान अध्यक्ष देबि आचार्यले जानकारी दिनुभयो ।

IMG_20240219_094057_1

कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लबका डिस्ट्रीक गभर्नर बिजय हरि सर्माले प्रभाव छोड्ने गरी सबै समेटेर विषेष दिनमा विषेष कार्यक्रम गरेकोमा बधाई दिनुका साथै कार्यक्रमको सफलताको कामना व्यक्त गर्नुभयो।

IMG_20240219_094155

कार्यक्रम लायन्स क्लब अफ इटहरी एक्टिभ, लियो क्लब अफ इटहरी एक्टिभ र प्रविण माधुरी सेवा प्रतिस्ठानको आयोजना तथा इटहरी उपमहानगरपालिका वडा नं ५ को सहकार्यमा स्वास्थ सचेतना र संस्थाको सामाजिक उत्तरदायित्वलाई मध्यनजर गर्दै कार्यक्रम गरिएको कार्यक्रम संयोजक युवराज काफ्लेले बताउनुभयो।