इटहरी / इटहरी उपमहानगरपालिका ५ बराह टोलमा एक दिने निशुल्क आँखा शिविर सम्पन्न भएको छ । 

बिहिवार नव दृष्टी आखाँ अस्पतालको सहयोगमा, पाथीभरा कृतन समुह द्धारा आयोजना गरिएको निःशुल्क आँखा शिविरमा लगभग १ सय  जना भन्दा वढीले सेवा लिएका छन् । निशुल्क आखाँ शिविरमा २० प्रतिशत छुटमा चस्मा बितरण गर्नुका साथै आँखामा समस्या देखिएकाहरुको उपचार तथा आँखाको अप्रेस नव दृष्टी आखाँ अस्पताल इटहरीमा हुने छ ।

शिविरमा निःशुल्क नाम दर्ता , निःशुल्क आँखा तथा चस्मा जाँच, निःशुल्क औषधि वितरण, मोतिविन्दुको कारणले आँखा पुरै नदेखिने भएकालाई २० प्रतिशत छुटमा मोतिविन्दुको अप्रेशन, मोतिविन्दुको अप्रेशन गर्नु पर्ने बिरामीहरुलाई निःशुल्क ल्याब टेष्ट , आँखामा मासु पलाएकाहरुलाई अप्रेशन गर्ने भएको छ । समुदायमा निशुल्क आखाँ शिविर सञ्चालन  गर्दा, स्थानियहरुलाई सहज हुनुका साथै ल्याउने र लाग्ने मानिस नभएका सेवा ग्राहीको लागि सहज भएको सस्थाका अध्यक्ष मञ्जु पोखरेलले वताउनुभयो  ।

आफ्ठेरो परेको वेला सहयोग गरेकोमा सेवा गा्रहीले खुशी व्याक्त समेत गरेका छन् । आफ्नै वडा भित्रका स्थानीय सस्थाले यस्ता सामाजिक कार्य गर्दा, आफ्नो  परिवार, टोल, हुँदै आफुहरुको वडा नै स्वास्थ्य हुने वडा नं. ५ का वडा अध्यक्ष भिष्म कुमार घिमिरेले बताउनु भयो । कार्यक्रमको अध्यक्षता लक्ष्मी बस्नेतले गर्नुभएको थियो भने इटहरी उपमहानगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष भिष्म कुमार घिमिरेको प्रमुख आतिथ्यता रहेको थियोे । सो कार्यक्रममा पाथीभरा कृतन समुहका अध्यक्ष मन्जु पोखरेल ,टोल विकास संस्थाका अध्यक्ष सञ्जिव कट्वाल , निवर्तमान टोल विकास संस्थाका अध्यक्ष उमेश घिमिरे ,स्थानीय , विभिन्न संघ संस्थाका प्रतिनिधि लगाएतको सहभागीता रहेको थियोे ।IMG-20240229-WA0021