इटहरी । सहकारी तथा गरिवी सम्वन्धी व्यवस्थापन सुचना प्रणालीलाई व्यवस्थित वनाउने उद्धेश्यले सुनसरीको इटहरीमा सञ्चालित तिन दिने कोपोमिस तालिम सम्पन्न भएको छ । 

     इटहरी उपमहानगरपालिका सहकारी शाखाको आयोजनामा इटहरी क्षेत्रमा रहेका सहकारीहरुलाई लक्षित गरी प्रतिवेदन तयार पार्ने र पालिका लगायतका निकायहरुमा पठाउने विषयमा दक्षता प्रदान गर्ने उद्धेश्यले सञ्चालित तालिम सम्पन्न भएको हो ।

    इटहरी उपमहानगरपालिका सहकारी शाखा प्रमुख बालकुमार पोखरेलको अध्यक्षता तथा कार्यपालिका सदस्य भिमाकुमारी तुम्वाहाम्फेको प्रमुख आथित्यमा तालिम समापन गरिइको हो।

 तालिममा इटहरी क्षेत्रका विभिन्न सहकारी सस्थाका २६ जना व्यवस्थापक तथा कर्मचारीहरुको सहभागिता रहेको थियो । 

तालिममा सहकारी शाखा अधिकृत सुमन पौडेलले सहकारीहरुले डाटा कसरी राख्ने ,कसरी पालिकाहरुलाई पठाउने लगायतका सहकारी सम्वन्धी व्यवस्थापकिय पक्षहरुका विषयमा सहजिकरण गरेका थिए ।

 तालिममा सहभागीहरुले तालिम प्रभावकारी भएकाले आफुले सिकेका कुराहरु आफु कार्यरत सहकारीमा लागु गर्ने प्रतिबद्धता ब्यक्त गर्दै जसले कार्य सम्पादनमा सहयोग पुग्ने समेत सहभागीहरुले विश्वास गरेका छन ।