सिताराम चन्द्रवंशी
सुनसरी / पिपल बोेटे बचत तथा ऋण सहकारी संस्था लिमिटेड द्वारा निशुल्क स्वास्थ शिविर लाभान्वित भएको छ ।
सुनसरीको बराहक्षेत्र १० प्रकासपुर मा १५ औं वार्षिक स्थापना दिवसको उपलक्ष्यमा पिपल बोेटे बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजना साथै प्रकासपुर नवदुर्गा हस्पिटलको सहयोगमा गरिएको निशुल्क स्वास्थ शिविरमा २ सय ४५ भन्दा बढी स्वास्थ सेवा ग्राहीहरुको स्वास्थ परिक्षण गरि औसधि वितरण गरेका छन् ।
निशुल्क स्वास्थ शिविर अन्तर्गत बलरोग विशेसज्ञ , बालमुटु विशेषज्ञ , जेनेरल फिजिसियन , डेन्टल सर्जन र परामर्श सेवा प्रदान गरि निशुल्क औसधि वितरण गरेको हो । सिविर बाट सम्पूर्ण सेयर सदस्य लगायत समुदायमा सबै जना स्वास्थ होस भन्ने हेतुले निशुल्क स्वास्थ शिविर संचालन गरेको र सहकारीको प्रत्येक स्थापन दिवस को उपलक्ष्यमा सरसफाइ , रक्तदान ,स्वास्थ सिविर जस्ता अन्य सामाजिक कार्यमा निरन्तरता दिदै आइरहेको र भावी दिनहरुमा पनि सामाजिक कार्यमा र सार्वजनिक सेवामा निरन्तरता दिने सदैव तत्पर रहिरहने संस्थाका अध्यक्ष बद्री कुमार बुढाथोकीले बताए ।
रक्तदान कार्यक्रममा सभापतिको रूपमा पिपल बोेटे बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बद्री कुमार बुढाथोकी रहनु भएको थियो भने प्रमुख अतिथि बराहक्षेत्र नगरपालिका १० का वडा अध्यक्ष तेज बहादुर गुरुङ रहनु भएको थियो ।
अतिथिहरुमा स्थानीय प्रहरी चौकीका इन्चार्ज डम्बर वहादुर दानुवार , नवदुर्गा हस्पिटल प्रा.लि का बाट आकाश न्याैपाने , प्रकाश माध्यमिक विद्यालयका शिक्षाक नवीन खनाल , धिरज मेडिकल हल प्रतिनिधि पिपल बोटे बचत तथा ऋण सहकारी संस्था लिमिटेडको संचालक समितीका पद अधिकारिहरु , स्थानीय समाजसेवि , पत्रकार, बौद्धिक एवं बौद्धिक ब्यक्तीहरुको उपस्थितिमा यस संस्थाका सचिब रुपनारायण दाहालले औपचारिक रूपमा निशुल्क स्वास्थ शिविर संचालन गर्नु भएको थियो ।
उक्त शिविर प्रकासपुर नवदुर्गा हस्पिटल र धिराज मेडिकल हलले सहयोगि गरेका थिए । निशुल्क स्वास्थ शिविर ग्रामीण भेगमा रहेकोे निम्न वर्गीय लक्ष्यित स्वास्थ शिविरमा विभिन्न स्वास्थ समस्यका भएका रोगीहरुको लागि निशुल्क परिक्षण गरि रोग मुक्त समाज निर्माण गर्न प्रभावकारी भएको र स्थानीय स्थरमा स्वास्थ सेवाप्रदान गरि निशुल्क स्वास्थ सिविर लाभान्वित भएको प्रकासपुर नबदुर्गा हस्पिटलका संचालक सागर सुब्बाले जानकारी दिनु भयो ।
पिपलबोटे बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सम्पुर्ण सेयर सदस्य ,संन्चालक समिति ,शिक्षा समिति ,उपसमिति र स्थानीय सेवाग्राही सुभचिन्तकहरु प्रती पिपलबोटे बचत तथा ऋण सहकारी संस्थाका संचालक समितिले धन्यवाद ज्ञापन समेत प्रदान गरेका थिए ।


