पाँचथर / पाँचथरको फिदिम नगरपालिकाले नगरका नागरिकलाई विद्युतीय चुल्हो वितरण सुरु गरेको छ ।

भान्छामा सहजता ल्याउन भन्दै नगरपालिकाले ५० प्रतिशत अनुदानमा चुल्हो वितरण सुरु गरेको विधुतीय चुल्हो वितरण आज फिदिम नगरपालिका ४ बाट सुरु गरेको  छ । 

३ हजार ८ सय रुपैंया मुल्यको उक्त चुल्हो नगरपालिकाले उपभोक्तालाई १ हजार ९ सय रुपैंयामा उपलव्ध गराएको हो । ।

इन्धनको बचत र वातावरण संरक्षणसँगै ग्याँसको खपत घटाउन नगर क्षेत्रका सबै वडामा विद्युतीय चुल्हो वितरण सुरु गरेको नगरप्रमूख मित्रप्रसाद काफ्लेले बताए ।


१४ वटा वडा रहेको नगरपालिकामा सवैभन्दा धेरै विद्युतीय चुल्होको माग वडा नम्वर-४ बाट आएको छ । जहाँबाट १ सय २८ जनाले चुल्हो माग गर्दै निवेदन दिएको काफ्लेको भनाइ छ । चुल्हो वितरणको सुरुवात सोमबार नगरप्रमुख मित्रप्रसाद काफ्ले, उपप्रमूख राधाकृष्ण न्यौपाने र वडा नम्वर-४ का अध्यक्ष उपेन्द्र लावतीले गरे।

विधुतीय चुल्हो वितरण आज फिदिम नगरपालिका ४ बाट सुरु गरेको नगरपालिकाले जनाएको छ । यस वर्ष करिब एक हजार उपभोक्तालाई विद्युतीय चुल्हो वितरण गर्ने लक्ष्य नगरपालिकाको छ ।