इटहरी / इटहरीको बेतान्त हस्पिटलमा बाल तथा नवजात शिशुरोगको  विशेषज्ञ डा. संजय कुमार साह ,डा. सुशान्त घिमिरे र डा.सुरेन्द्र प्रसाद शाहको सेवा पाउने भएको छ ।

विगत १० वर्ष स्वास्थ क्षेत्रमा सेवा गर्दै आएको इटहरी - ४ स्थित टेङ्खा नजिकै रहेको बेतान्त हस्पिटलमा बाल तथा नवजात शिशुरोग  विशेषज्ञ सुरेश प्रसाद शाहले बिहान ९ बजे १० बजेसम्म सेवा दिने भएका छन् ।  त्यसैगरी डा. संजय कुमार साहले १  बजेदेखि ३ बजेसम्म सेवा दिने छन् भने डा. सुशान्त घिमिरेले ३ बजे देखि ६ बजेसम्म सेवा दिने भएका छन् ।

बालबालिका सम्बन्धी रोगहरु जस्तै कुपोषण, निमोनिया, झाडापखाला, छारे रोग, जण्डिस, ज्वरो, डेंगु, रुघाखोकी, पिसाब पोल्ने साथै विभिन्न रोग सम्बन्धी रोगहरू उपचार हुने भएको छ 

यहाँ रुघा खोकी, निमोनिया, झाडा पाखाला, ज्वरो आउने, बान्ता हुने, रिङ्गटा लाग्न, पेट दुख्ने, डेङ्गु, छारे रोग, पिसाब पोल्ने, शरीरको तौल नबढ्ने, खान मन नलाग्ने जस्ता रोगको उपचार गरिन्छ।

 अस्पतालले आर्थिक मन्दीको कारणले गर्दा गरिब तथा विपन्न वर्गका सामुदायलाई लक्षित गरी जेनेरल(MBBS)  फिजिसियन चेकअपमा रु १०० मात्र र ब्लड सुगर जाँचमा खाना अगाडी र खाना पछाडीको रु. २५ मात्र लिने गरेको यस अस्पतालका प्रबन्धक निर्देशक इन्द्र बहादुर श्रेष्ठले दिए ।

हस्पिटलमा पछिल्लो समय हाडजोर्नी तथा नशा रोग विशेषज्ञ दारा सिएम मेशिन प्रविधिबाट भाँचिएको हड्डीहरूमा स्टिल वा के वार राखी अप्रेशन गरिँदै आएको छ । 

हाल ट्रमा, स्पाईन हाडजोर्नीमा लाग्ने क्यान्सर, स्पोर्ट्स ईन्जुरी लगायत बिभिन्न विधाको विकास भइसकेकाले शरीरमा हाडजोर्नी जन्मजात हुने समस्या समेत समाधान हुने हस्पिटलले जनाएको छ । विगतमा हाडजोर्नी को समस्या लिएर धरान विराटनगर धाउनुपर्ने बाध्यता अव बेदान्तको सेवा सँगै हटेको छ ।