इटहरी / KTM Duke 250 Gen 3  मोटरसाइकलको विशेष कार्यक्रमका बीच इटहरीमा पनि सार्वजनिक गरिएको छ । 

KTM Duke 250 Gen 3 मोटरसाइकल देशैभरी सोमबार दिउँसो १ बजे एकै समयमा सार्वजनिक गरिएको बालाजी अटो वल्ड इटहरी केटिएम सोरुम सञ्चालक एलेक्स पराजुलीले बताए । उनका अनुसार जेन ३ भर्जन नेपाली बजारमा सीमित अवधिको लागि मात्र ७ लाख ३९ हजार ९ सयमा उपलब्ध छ ।

Screenshot_2024_0319_231259

           KTM Duke 250 Gen 3  मा रेस इन्सपाइड लाइन, स्पेर्टी लुक्स, नयाँ च्यासिस, स्टिल ट्रेलिस फ्रेम, लाइटवेट ह्विल, हाई पर्फमेन्स ब्रेकजस्ता विशेषता रहेको कम्पनीले जनाएको छ । साथै यस बाइकमा रियर मेनेशक, कर्भड कास्ट आल्मुनियम स्विङ आर्म, अफसेट डब्लुपि एपेक्स शक पनि समावेश गरिएको हंसराज हुलास चन्द्र एण्ड कम्पनी प्रालि का सहायक महाप्रबन्धक बिजय श्रेष्ठले बताए ।

Screenshot_2024_0319_231520