काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी)को स्वास्थ्य टोलीले कीर्तिपुरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

केएमसीका प्रबन्धक नारायणप्रसाद दाहालका अनुसार जनसेवा सेकेन्डरी स्कुल कीर्तिपुरको आयोजनामा स्कुलको प्राङ्गणमा भएको स्वास्थ्य शिविरमा ७६३ बिरामीको निःशुल्क उपचार गरिएको छ । बिरामीमध्ये ८७ जनाको ईसीजी, १११ जनाको ल्याब परीक्षण र ९६ जनाको भिडियो एक्सरे गरिएको थियो । त्यस्तै, २२ जनाको दाँत खोलिएको थियो भने ३४ बिरामीलाई शल्यक्रियाका लागि रेफर गरिएको छ ।

नेपाली कांग्रेसका सांसद डा. सुनिलकुमार शर्माले केएमसीले सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न स्थानमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । सांसद डा. शर्माले दुर्गम गाउँका जनतालाई स्वास्थ्य चेकजाँचका लागि केही राहत होस् र पैसा नभएका कारण कोहि पनि उपचारबाट वञ्चिन हुन नपरोस् भन्ने हेतुले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिरहेका छन् । यसअघि अर्घाखाँची, पाल्पामा पनि निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको थियो । साथै सुदूरपश्चिमका जिल्लामा पनि स्वास्थ्य शिविर आयोजना गरिएको थियो ।