ताप्लेजुङ / ताप्लेजुङ फक्ताङ्लुङ् गाउँपालिका तापेथोकस्थित सरस्वती माध्यमिक विद्यालयमा तीन दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । 

एक एक पाइला र फक्ताङ्लुङग गाउँपालिकाको समन्वयमा सञ्चालन गरिएको उक्त बृहत निशुल्क स्वास्थ्य शिविरबाट करीब १६०० बढीले स्वास्थ्य सेवा प्राप्त गरेका छन्।

उक्त स्वास्थ्य शिविरमा प्रदान गरिएका सेवाहरुमा जेनेरल मेडिसिन, कलेजो रोग सेवा, स्त्री तथा प्रसुतिरोग सेवा, नाक, कान, घाँटी रोग सेवा, चर्म तथा छाला रोग सेवा, हाडजोर्नी रोग सेवा, बाल रोग सेवा, आँखा रोग सेवा, दन्त रोग सेवा, इन्डोस्कोपी सेवा, रेडियोलोजी सेवा, प्याथोलोजी सेवा साथै मोतियाबिन्दुको शल्यक्रिया थिए। कान र सामान्य सल्यक्रिया सेवा, फार्मेसी सेवा पनि निःशुल्क प्रदान गरिएको थियो।

२२ जनाको मोतियाबिन्दु शल्यक्रिया, १८ जनाको कानको शल्यक्रिया,१९ जनाको सामान्य शल्यक्रिया, ११ वटा इन्डोस्कोपी गरिएको छ। उपस्थित जनप्रतिनिधिहरुले कार्यक्रमले धेरै नागरिक लाभान्वित भएको बताए। 

२०७२ सालको भुकम्पपछि स्वयम्सेवक गर्न इच्छुक चिकित्सकहरुरस्वास्थ्यकर्मीहरुको समूहले दुर्गम जिल्लाहरुमा आफ्नो पाइला सार्दै एक एक पाइला नामक सामाजिक संस्था स्थापना गरी निशुल्क सेवा प्रदान गरिरहेको एक एक पाइलाका ब्यवस्थापक अशोक पाण्डेले बताए  ।