इटहरी / इटहरीमा मिथ्या सुचना,भाईरल हुने रहरमा बन्ने कपोकल्पित सुचना र प्रपोगन्डाले समाजमा के कस्ता विकृति फैल्याईरहेको छ भन्ने बिषयलाई समेटेर International Republican Institute (IRI) को सहयोग तथा कलालय इटहरीको सहकार्यमा "campaign against information manipulation” in Koshi Province अन्तर्गत चेतनामुलक नाटक "हाउगुजी" इटहरीको कस्तुरी एकेडेमीमा मंचन गरिएको छ ।

नाटकमा मिथ्या सुचना कसले,किन फैल्याउछन् अनि यसको समाजमा कस्तो असर परिरहेको छ र हामी कसरी सचेत रहन सक्छौ भनेर देखाउन खोजिएको नाटकका लेखक तथा निर्देशक प्रजल दुलालले बताउनु भयो।

विध्यार्थीहरूमा अन्य ज्ञान र जानकारीसंगै सुचना र प्रविधिको समेत सानै उमेरदेखी जानकारी गराउन सके भोली गएर मिथ्या सुचना फैलिन सक्ने संभावना कम हुने र सही सुचना पाउने नागरिकको हकको समेत संरक्षण हुने हुँदा नाटक मार्फत सचेत गराउन खोजिएको campaign का संयोजक युवराज काफ्लेले जानकारी दिनु भयो। नाटक सुक्रबार कोशी सेन्ट जेम्स स्कुल र बिश्व आदर्श कलेजमा समेत मंचन गरिएको छ । विराट टेलिभिजन इटहरी मार्फत प्रसारण गरिने काफ्ले बताउनु भयो।


