इटहरी / इटहरी उपमहानगरपालिका वडा नं ११ का ४४५ घरधुरीलाई उन्नत तरकारी बीउ वितरण गरिएको छ । इटहरी उपमहानगरपालिका ११ का किसानले घरमा खाने सब्जी किन्न बजार जानु नपरोस र राम्रो उत्पादन देखेर व्यावसायिकरूपमा तरकारी खेती गर्न आकर्षित होउन् भन्ने हेतुले बीउ वितरण गरिएको वडाध्यक्ष केसब प्रसाद कोइरालाले बताउनुभयो ।

IMG_20240328_143813_1 1

४४५ घरधुरीलाई आयआर्जनमा वृद्धिमा लाग्न प्रेरित गर्न तरकारीका बीउ सहयोग गरेको वडा सदस्य किसोर काफ्लेले बताउनुभयो।            IMG_20240328_144059


वडाभित्रका सबै घरधुरीलाई सात प्रकारका उन्नत बीउ वितरण गर्ने योजना भएपनि बजेट अभावका कारण निस्चित घरधुरीले मात्र बिउ पाएकोले आगामी दिनमा सबैलाइ समेटेर लाने वडा सदस्य भेदुलाल बिस्वासले बताउनुभयो । 

IMG_20240328_144110

वडा वासिन्दाको माग अनुसार भिन्डी, बोडि, करेला, लट्टे साग, काक्रा र घिरौंला छ प्रकारका बीउ वितरण गरिएकाे वडा सदस्य मालती चौधरीले बताउनुभयो।

IMG_20240328_144706 1

विभिन्न समयमा आफ्ना वडावासीलाई आवश्यकतानुसार तालिम, खाद्यान्नलगायत सहयोग गर्दै आएको निरू सरदारनी ले बताइन ।

IMG_20240328_144826 1

इटहरी ११ नं वडामा कृषि योग्य जमिन धेरै छ त्यसैले वडामा कृषि सम्बन्धी कार्यक्रम हरु लाइ प्राथमिकतामा राखेर काम गरेको र अन्य बिकास निर्माणको कामहरु पनि तिब्र रुपमा अघि बढेको वडाध्यक्ष केसब प्रसाद कोइरालाले बताउनुभयो ।