श्रम संसार वेभ पोर्टल प्रवर्द्धनको लागि उद्योगीहरू तथा उद्योग प्रतिष्ठानहरुसंग बैठक तथा अन्तरक्रिया कार्यक्रम विराटनगरमा सम्पन्न भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ–कोशी प्रदेश को सभा हलमा आयोजित कार्यक्रममा उद्योग वाणिज्य संघ कोशी महिला सभापति सरु केसीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । वेभ पोर्टल सारै राम्रो भएको हुँदा आफ्नो छाता मुनी रहेका सबै महिला उद्यमीहरूलाई यस श्रम संसार वेभ पोर्टल मार्फत आफ्नो व्यवसायको प्रचार प्रसार तथा पर्वधन गर्न प्रमुख अतिथि केसीले अनुरोध गरेकी छन् । स्टेप अप प्रोजेक्टका परियोजना अधिकृत इन्जिनियर गणेश दाहालले स्टेप अप प्रोजेक्ट को वारेका जानकारी गराउँदै श्रम संसार वेब पोर्टलको महत्त्व तथा विशेषता माथि प्रकाश पार्दै पोर्टलको सञ्चालन तथा रजिस्ट्रेसन बारेमा जानकारी गराएका थिए । प्रदेश रोजगार सूचना केन्द्रका संयोजक ललित यादवले रोजगारी खोज्ने र रोजगारी दिने दुवैका दुरीलाई श्रम संसार वेभ पोर्टलले घटाउने जानकारी दिए । उनले श्रम संसार वेब पोर्टल मार्फत श्रम सम्बन्धित सूचनाहरूलाई प्राथमिकतामा राखेर रोजगारीका अवसर खोज्नेहरू साथै रोजगारदाताहरूलाई समेत सहज बनाउने उद्देश्य राखिएको हुँदा श्रम संसार वेब पोर्टल सञ्चालनले रोजगारदाता तथा रोजगार खोज्ने दुवैलाई फाइदा पुग्ने बताएका हुन ।
अन्तरक्रिया कार्यक्रम लाई आसमान नेपालका कार्यक्रम अधिकृत किरण चौधरी र युवराज बास्तोलाले सहजीकरण गरेका थिए । कोशी प्रदेशमा रहेका महिला उद्यमीहरू सहभागी कार्यक्रम उपलव्धीमुलक भएको सहभागीहरूले बताएका छन् ।