सुनसरी । सुनसरीको दुहवी नगरपालिकामा यहि चैत्र २४ र २५ गते वृत्ति मार्गनिर्देश तथा रोगजार मेला आयोजना हुने भएको छ । 

दुहवी नगरपालिकाको आयोजनामा स्थानिय जनशक्तिलाई स्थानिय स्तरमै रोजगारी उपलब्ध गराउने अभिप्रायले मेलाको आयोजना गरीएको दुहवी नगरपालिकाका नगर प्रमुख वेदनारायण गच्छदारले बताए । 

गत वर्ष झै यस वर्ष पनि यूवा जनशक्ति र रोजगारदातालाई एकै स्थानमा ल्याई आ–आफ्नो आवश्यकता अनुसारको जनशक्तिको खोजि र आफुले लिन चाहने सीपमुलक तालिम सम्बन्धी जनकारी लगाएत विभिन्न तालिम प्रदायक संस्थाहरु सँग प्रत्येक्ष भेट गराउने मेलाको मुख्य उद्देश्यले  मेला आयोजना गरिएको पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ ।

रोजगार मेला दुहवी नगरपालिकाको कार्यलय अगाडीको खाली प्लटमा विहान १० बजे देखी अपरान्ह ५ बजे सम्म मेलाको अवलोकन गर्न सकिने छ भने मेलामा करिब ५ हजार भन्दा बढीको सहभागीता जनाउने आयोजकाको अनुमान रहेको छ ।

मेलामा रोजगार सम्बन्धी जानकारी तथा सूचना सम्भावित रोजगारदाता संग प्रत्येक्ष भेटवार्ता , लघु उद्यमीहरुको स्थानिय उत्पादनहरुको प्रदर्शनी देखी विभिन्न तालिम प्रदायक संघसंस्था, व्यक्तिगत प्रोफाईल बनाउने र अन्तरवार्ता सहितको रोजगारको व्यवस्था जस्ता रोजगार मेलाको मुख्य आर्कषणको रुपमा रहेको आयोजकले जानकारी दिएका छन् ।

हाल सम्म रोजगार मेलामा ८ सय भन्दा बढी विभिन्न कम्पनी तथा संघसंस्थाहरुबाट दक्ष तथा अनुभवी कामदारको माग भईआईसकेको आयोजकले जानकारी दिएका छन् ।