दुहबी / सुनसरीको दुहबी नगरपालीकामा परिवार नियोजनको अस्थायी साधन साइना प्रेस सेवा सञ्चालन र विस्तार सम्बन्धि एक दिने अभिमुखीकरण सम्पन्न भएको छ। अनिच्छित गर्भ निरोधको अस्थायी साधन साइना प्रेस सेवा विस्तार तथा अभिमुखीकरण कार्यक्रममा दुहबी नगरपालीका भित्रका स्वास्थ्य संस्था, स्वस्थ्य शाखामा र अस्पतालका स्वास्थ्यकर्मीको सहभागिता रहेको थियो।
नेपालमा डिपो र संगीनी सुइँको विकल्पमा साइना प्रेस प्रयोगमा ल्याइएको हो। २०७७/७८ मा नेपालमा पहिलो चोटि पाइलट प्रोजेक्ट को रुपमा साइना प्रेस सिन्धुलि सहित दुइ जिल्लामा सुरु गरिएको थियो। २०७८/७९ मा थप मोरङ सहित ५ जिल्लामा यो कार्यक्रम लागु गरे सगै हाल २०८०/८१ मा थप १३ जिल्ला गरि देश भर २० जिल्लामा यो कार्यक्रम सन्चालनमा आएको स्वास्थ्य शाखाकी पिन्की भगत ले जानकारी गराइन।

सुनसरी जिल्लामा दुहबी नगरपालीका पहिलो पालिका हो जस्ले साइना प्रेस कार्यक्रम सुरु गरेको छ्। छाला र मासुको बिच भागमा बोसोको लेयरमा लगाइने यो सुइ संगिनि जस्तै तिन महिनामा लगाउनु पर्ने र यसको प्रभावकारीता ९९% रहेको स्वास्थ्य शाखा प्रमुख बिन्देश्वर महतो ले जनाए।
डिपो र संगिनीभन्दा प्रयोग र प्रभावकारिताको हिसाबले साइना प्रेस राम्रो छ,' उनले भने, 'कोल्ड स्टोरमा पनि राख्न नपर्ने र प्रयोगकर्ताले आफैंले लगाउन मिल्ने भएकाले साइना प्रेसले एवोर्सनको दरमा पनि कमि ल्याउन सक्छ।' कार्यक्रमका प्रमुख अतिथि रहेका दुहबी नगरप्रमुख बेद गच्छादारले सायना प्रेस सेवाको सञ्चालन र विस्तारमा कार्यक्रममा सहभागी स्वास्थ्यकर्मीको भूमिकामहत्त्वपूर्ण हुने बताए। उनले दुहबी नगरपालीका स्वास्थ्य क्षेत्रमा जिल्ला कै उत्कृष्ट रहदै आएको र साइना प्रेस पनि दुहबी बाटै सुरु हुन लागेको हुदा आगामि दिनमा स्वास्थ्य क्षेत्रमा थप जिम्बेवारी बहन गर्न कार्मचारी हरुलाइ निर्देशन दिएका थिए ।

उपप्रमुख मेनुका खतीवडाले साइना प्रेस नया भए पनि प्रभावकारी रएको हुदा उपलब्धिमुकल रहने बिस्वास ब्यक्त गरिन्। प्रमुख प्रशासकिय अधिकृत हिमालय बरालले गर्भनिरोधक साधन का रुपमा प्रयोग हुने साइना प्रेस ले महिलाहरु को अनिच्छित गर्भपत सम्बन्धि थप जिम्बेवार बनाउने र मृत्युदर घटाउन सक्ने बिस्वास ब्यक्त गरे।


