इटहरी / इटहरीको बेदान्त हस्पिटलमा आगामी बैशाख २ गते देखि मानसिक रोगको उपचार हुने भएको छ। 

हस्पिटलमा थप सेवा सञ्चालनमा ल्याएको जानकारी गराउँदै बेदान्त हस्पिटलमा २०८१ बैशाख २ गते आईतबार देखि डा.सुबोध दाहालको सेवा प्राप्त गर्न सकिने अस्पतालका प्रवन्धकका इन्द्र श्रेष्ठले बताउनुभयो।

श्रेष्ठले २०८१ साल वैशाख २ गते आइतबारका दिन बिहान १० बजे देखि डा.दाहालले चेकजाँच गर्ने जानकारी गराउँदै स्वास्थ्य लाभ लिन आग्रह गर्नुभएको छ ।

प्रवन्ध निर्देशक श्रेष्ठले कसैको मन उदास र निराश हुन्छ, शरिरमा जाँगर, फूर्ती कम हुन्छ, छिट्टै बिर्सिर्ने समस्या छ, नकारात्मक सोच आउँछ, आत्महत्या गर्ने सोच आउँछ, निन्द्रामा समस्या आएको छ, छारे रोग छ भने बेदान्त हस्पिटलमा सम्मर्क गर्न आग्रह गर्नुभएको छ।

उहाँले धेरै समयदेखि टाउको दुख्ने, टाउको धेरै उपचार गरेर पनि निको नभएको भए, मन डराउने भए, ढुकढुकी बढ्ने समस्या भए, साँस फेर्न गाह्रो हुने, रिङ्गटा लाग्ने, वाकवाक लाग्ने, धेरै बोल्ने, झर्किने, शंका गर्ने, एक्लै हाँस्ने, नभएको आवाज सुन्ने जस्ता समस्या भए यस्ता समस्याको उपचार अव इटहरीको वेदान्त हस्पिटलमा हुने जानकारी दिनुभएको छ ।