पथरी शनिश्चरे / पथरी शनिश्चरे नगर प्रहरीले अस्पतालबाट निस्कीएको फोहोर मैला बोकेको पिकअप भ्यान नियन्त्रणमा लिएको छ।
 २० गते राति ९ः४५ बजेको समयमा को २ च ३३२२ नम्बरको अस्पतालको फोहोर बोकेको पिकअप भ्यान नियन्त्रणमा लिएको हो ।विर्तामोड निवासी लोला मल्लिकको नाममा दर्ता रहेको उक्त गाडी रातिको समयमा नगर प्रहरीले पथरी डम्पीङ साइटमा फोहोर मैला अनलोड गर्ने तयारी गर्दै गर्दा नियन्त्रणमा लिएको थियो ।
डम्पीङसाइटमा आगो लगाएर स्थानियबासीलाई समस्यामा पार्ने गरेको हुनाले त्यसलाई रेखदेख  र नियन्त्रणको लागि नगरप्रहरीको टोली परिचालन हुँदा सो भ्यान सहित केहिहरुलाई पक्राउ गरिएको नगर प्रहरी हवल्दार बलबहादुर गौतमले बताएका छन्।
गाडी चालक विनोद थारु र सहचालक शुसिल चौधरी पनि नियन्त्रणमा लिएर छाडिएको पथरी शनिश्चरे नगरपालिकाको वातावरण तथा फोहोर मैला व्यवस्थापन शाखाका प्रमुख सुरेन्द्र राईले बताएका हुन्।अस्पतालबाट निस्किएको फोहोर मैला कुनै पनि डम्पीङ साइटमा छोडन नहुने र डढाउन नहुने कानुन भए पनि यस अघि पनि  यसरी नै अनलोड गरेर डढाउने गरेको  नगरप्रहरी राईको आशंका छ ।
फोहोर मैला ब्यवस्थापन ऐन २०६८ अनुसार ५० हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना हुन सक्नेछ । सो घटनामा कोहि कसैको संलग्नता रहेको भेटिए कडा भन्दा कडा कारबाही प्रकृया अगाडी बढाईने पनि शाखा प्रमुख सुरेन्द्र राईले जनाएका छन्।