विराटनगर / नेपाल उद्योग परिसंघ कोशी प्रदेश अर्न्तगत् महिला उद्यम समितिले शुक्रबारदेखि विराटनगरमा  दुई दिने महिला उद्यमशिलता प्रदर्शनी सञ्चालन गरेको छ ।

महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री भगवती चौधरीको प्रमुख आतिथ्यतामा  उद्घाटन गरिएको उद्यमशिलता प्रदर्शनीमा प्रमुख अतिथि चौधरीले सरकारले आगामी नीति तथा कार्यक्रम मार्फत् महिलाको उत्थानका लागि छोरी आत्मनिर्भर कार्यक्रम ल्याउने तयारी गरिरहेको साथै महिला उद्यमीका लागि विशेष कार्यक्रमहरु ल्याउने योजना अघि बढिरहेको साथै अझ केही नयाँ कार्यक्रम ल्याएर समाजमा महिलालाई उद्यमी बनाउने योजना भए सहकार्य गर्न मन्त्रालय तयार रहेको बताउनुभयो ।
IMG_20240405_130924
 चौधरीले मुलुकका ७ सय ५३ वटा स्थानीय तहका ६ हजार ७ सय ४३ वटै वडामा बिउ पूँजीसहित छोरी आत्मनिर्भर कार्यक्रम सञ्चालन गर्ने सरकारको योजना रहेको जानकारी दिइन् ।

महिला आर्थिक, सामाजिक, शारिरिक र मानशिक रुपमा पीडित रहेको उल्लेख गर्दै मन्त्री चौधरीले उनीहरुलाई तारे होटलमा जम्मा गराएर यसो र उसो गर्नुपर्छ भन्दै भाषण गरेर मात्र उनीहरुको सीप विकाससहित आर्थिक र सामाजिक विकास नहुने दाबी गर्नुभयो।

IMG_20240405_131814

'हरेक वडामा सरकारले ५ देखि १० जना छोरीलाई दुई तीनवर्ष सम्म ऋण तिर्न नपर्ने सर्तमा बिउ पूँजीको व्यवस्था गरेर प्याकजमै सीप विकास कार्यक्रम सञ्चालन गर्छ, त्यसबाट उनीहरुको जीवनमा आर्थिक परिवर्तन आउँछ भन्ने हाम्रो अपेक्षा हो,' उनले भनिन् । कार्यक्रमका लागि कति बजेट विनियोजन हुने र प्रत्येक समुहलाई कति बिउ पूँजीको व्यवस्था गर्ने भन्ने विषयमा चौधरीले केही उल्लेख गर्नुभयो ।

IMG_20240405_131256

महिला उद्यम समितिकी अध्यक्ष रचना राठीले महिलालाई सीप सिकाएर उत्पादनशील काममा उत्साहित गर्दै महिला उद्यामी व्यवसायीबाट उत्पादित वस्तु तया सेवाको प्रदर्शनीसहित प्रबर्द्धन र उचित बजारीकरण गर्ने उद्देश्यले यो प्रदर्शनी गरिएको बताउनुभयो।