इटहरी / विगत  १० बर्ष देखि  सौन्दर्य क्षेत्रमा आवश्यक जनशक्ति उत्पादन गर्दै हजारौं बिध्यार्थी लाइ रोजगारिमा जोड्दै आएको इन्टरनेसनल ब्युटी एकेडेमी "ITA" इटहरीले शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

मंगलबार  इन्टरनेसनल ब्युटी एकेडेमी इटहरीकि अध्यक्ष निरम बस्नेतको अध्यक्षतामा भएको औपचारिक कार्यक्रम  सिमा बस्नेतले सन्चालन गर्नुभएको थियो।
IMG_20240409_164309
 त्यस्तै कार्यक्रममा  कर्मचारीका अभिभावक हरु संग उनिहरुका सन्तानले कस्तो कार्यालयमा कसरी काम गरिरहेको छन भन्ने बिषयमा जानकारी गराउनुका साथै अन्तरक्रियात्मक कार्यक्रम साथै लामो समय देखि सस्थामा आबद्ध कर्मचारीहरु लाई बिभिन्न बिधामा सम्मान समेत गरेको छ ।

१० वर्ष देखी सञ्चालनमा ल्याईएको इन्टरनेसनल ब्युटी एकेडेमीले शान्त र पारिवारिक वातावरणमा दक्ष तथा अनुभवी प्रशिक्षकहरुद्धारा सौन्दर्य
क्षेत्रमा आवश्यक दक्ष जनशक्ति उत्पादन गर्दै कपाल तथा छाला स्वस्थ तथा सौन्दर्य शिक्षामा बिशेष जोड दिदैं आएको छ। जसले गर्दा सबैको मन जित्न सकेको निरम बस्नेतले बताउनु भयो  ।
हाल कोशी प्रदेशमा ८ ओटा साखा खोलिसकेको यस सस्थाले भबिस्यमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साखा मार्फत आफ्नो सेवा दिने योजनाका साथ अघि बढिरहेको अध्यक्ष बस्नेतले बताउनुभयो 
IMG_20240409_164302