मिलन अधिकारी 

संखुवासभा  / राम नमीको अवसर पारेर दिपज्योति युवा क्लबको आयोजनामा तेस्रो खुल्ला  वडा स्तरीयपुरुष भलिबल प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ । 

मादी नगरपालीकाको एतिहासिक, धार्मिक,सांस्कृतिक हिसाबले छुट्टै पहिचान बोकेको राम मन्दिरमा राम नमीको अवसरमा मेला लाग्ने गरेको छ । सो अवसरमा मादी नगरको व्यापारीक द्वार, शान्ति र समृद्ध मादी नगर , खेलकुद हाम्रो शान, स्थानीय खेलाडी उत्पादन हाम्रो अभियान भन्ने मुल नारालाई आत्मसात गर्दै भलिबल खेलको आयोजना गरिएको हो । धर्मदेवि ४ Vs अरुण भोजपुर विच भएको फाइनल खेल ५ सेटको खेलमा लगातार ३ सेट जित्दै धर्मदेवि ४ ले जित हात परेको हो ।  प्रथम पुरस्कार  ५० हजार नगद सहित मेडल ट्रफि प्रमाणपत्र  रहेको थियो  भने दोस्रो  हुनेलाई २५ हजार नगद मेडल ट्रफि प्रमाणपत्र पुरस्कार रहेको थियो ।

वडा वासीहरुको आफ्नो  रुचि अनुसारका कार्यक्रम आयोजना गरिएको, भजन कृतन, भलिबल खेल र साँस्कृती कार्यक्रम आयोजना गरिएको स्मरण गराउदै वडामा फुटबल खेल मैदानको लागि पहल गरिएको तर खेल मैदानका लागी जग्गा नमिलेकाले र जग्गा उपलब्ध भएमा ग्राउन्ड खन्ने आफूहरु सक्रिय रहेको वडा अध्यक्ष धननारायण तामाङले बताउनु भयो । 


 राम मन्दिर क्षेत्र तीन नगरपालीकाको सङम विन्दुको  भूगोलमा अवस्थित  रहेको र  सो क्षेत्रमा  यस्ता खल्का कार्यक्रम गर्ने आयोजक क्लवलाई आगामी दिनमा नगरपालिकाले सहयोग गर्ने मादी नगरपालीकाका प्रमुख प्रशासकिय अधिकृत जित मान जीमीले बताउनुभयो ।

२०७६ सालमा दिपज्योति क्लव दर्ता गरिएको र  खेल लगतार ३ वर्ष देखी खेलाउदै आएको र आगामी  साल  भव्य रुपमा  कार्यक्रम गर्ने क्लबका अध्यक्ष दिपक कार्कीले बताउनु भयो । 

IMG_20240417_170300

कार्यक्रमको अध्यक्ष  दिपज्योती क्लबका अध्यक्ष दिपक कार्की हुनुहुन्थ्यो भने प्रमुख अतिथी मादी नगर पालीकाका प्रमुख प्रशासकिय अधिकृत जितमान जिमी हुनुहुन्थ्यो । कार्यक्रमको संयोजक राजेश राईले गर्नु भएको हो । अतिथिहरु, मादी नगरपालीका ६ का वडा अध्यक्ष धननारायण तामाङ, वडा न. ४ का वडा अध्यक्ष गिरिराज भण्डारी, वडा न. ३ का वडा अध्यक्ष  राम बहादुर गुरुङ,  पुर्व जि. वि. स अध्यक्ष चन्द्र झुन्डे गुरुङ जनप्रतिनिधिहरु लगायत पासङ शेर्पा, घनेन्द्र कार्की लगायत समाज सेवि, बुद्धिजीवी स्थानीय लगायतको उपस्थितिमा कार्यक्रम समापन भएको थियोे ।