भोजपुर / भोजपुरको टेम्केमैयुङ गाउँपालिका वाड नम्बर -९ स्थित स्वास्थ्य चौकी लेखर्कमा निशुल्क एक दिने आँखा शिविर गरिएको छ ।

नेपाल नेत्रज्योति संघ , विराटनगर आँखा अस्पताल विराटनगर आँखा  तथा कान उपचार केन्द्र भोजपुरकोआयोजना , टेम्केमैयुङ गाउँपालिकाको प्रायोजक तथा व्यवस्थापक र सिबिएमको सहयोगमा टेम्केमैयुङ ९ स्थित स्वास्थ्य चौकी लेखर्कमा १ सय बढी निशुल्क आँखा शिविरबाट लाभान्वित भएका छन् ।

आँखा शिविरमा आँखाको सम्पूर्ण रोगहरुको जाँच तथा उपचार गरिने, आँखामा मोतिविन्दु, मासु पलाएको लगायत रोगहरुको निःशुल्क शल्यक्रिया गरिने, अौषधिहरु निःशुल्क उपलब्ध गराइने र नजिक हेर्ने चश्माहरु सहूलियत मूल्यमा उपलब्ध गराइने स्वास्थ्य चौकी लेखर्कका प्रमुख भानुभक्त फुयालले जानकारी दिनुभयो ।

टेम्केमैयुङमा ९ वटै वडाका स्वास्थ्य चौकीमा निशुल्क आँखा शिविर हुदै छ । मोतिविन्दु लागेका विरामीहरुलाई अन्नपूर्णको बाघधन रणदिपा राई माध्यमिक विद्यालयमा यहीँ २३ र २४ गते निशुल्क शल्यक्रिया गरिने भएको छ ।

गाउँपालिका र वडा मार्फत निशुल्क आँखा शिविर हुदा सहज भएको स्थानीय यगिन्द्र दंगालले बताउनुभयो । वडाले यस अघि पनि आँखा शिविर गर्दै आएकाले आगामी दिनमा निरन्तरता दिदै स्थानीय बासिन्दालाई सहजता दिने टेम्केमैयुङ ९ का वडा अध्यक्ष नभराज माङ्पाहाङले बताउनुभयो ।