भोजपुर / भोजपुरको टेम्केमैयुङ गाउँपालिका -७ कोट स्थित श्री सिद्धेश्वर प्राथमिक विद्यालयमा कार्यरत ५ जना शिक्षक कर्मचारी ( सुवास कट्वाल, शुलोचना राइ ,स्मृति न्यौपाने, तेज कुमारी श्रेष्ठ ,हेमराज प्रधान) ले आफुलाइ आएको १० हजार पोषाक भत्ताबाट आफुले काम गर्ने विद्यालयका ६० जना विद्यार्थीलाई नि शुल्क पोषाक वितरण गरेका छ्न ।
विद्यालयमा अध्ययन गर्ने धेरै जसो विद्यार्थी गरिब तथा बिपन्न परिवारका भएकाले विद्यालय आउदा लगाउने पोषाक जोहो गर्न समस्या भएकाले आफ्नो पोषाक भत्ताबाट आफ्ना विद्यार्थीलाई नि शुल्क वितरण गरिएको विद्यालयका प्रधानाध्यापक सुबास कटवालले जानकारी दिए । पोषाक मात्रै नभइ आवश्यक शैक्षिक सामग्री समेत बेला बेला वितरण गरिदै आएको प्रधानध्यापक कटवालले बताउनु भयो ।

