सुन्दरहरैँचा / माेरङकाे सुन्दरहरैँचा नगरपालिका - ५ स्थित पूर्वान्चल पब्लिक स्कुलले विराट मेडिकल हस्पिटलकाे प्राविधिक सहयोगमा नि:शुल्क बृहत स्वास्थ्य शिविर सम्पन्न गरेको छ।
शिविरमा जेनेरल फिजीसियन, आँखा विशेषज्ञ, बाल राेग विशेषज्ञ , स्त्री तथा प्रसुती विशेषज्ञ , रेडियाेलाेजिष्ट , नाक, कान घाँटी , स्त्री तथा प्रसुती विशेषज्ञ , हाड जाेर्नी तथा नसा लगायतकाे विशेषज्ञ सेवा उपलब्ध गराइएकाे थियाे ।
विद्यालयले पढाइसँगै सामाजिक उतरदायित्व वहन गर्दै विगत वर्ष झैं नि:शुल्क स्वास्थ्य शिविर आयोजना गरेकाे विद्यालयका प्रिन्सिपल सन्तोष राईले जानकारी दिए । उनले शिविरबाट ४ सय भन्दा बढी विरामीले नि:शुल्क लाभ लिएकाे बताए ।

