इटहरी / मरणावस्थामा रहेका बिरामीलाई रगत दिनु परेमा रक्तदान नै एक मात्र उपाय हो । त्यसैले गर्दा बिरामी वा समस्यामा परेका व्यक्तिलाई रगत दिनु परेमा रक्तदान गर्नुपर्छ भनेर विद्यार्थीलाई ज्ञान दिनका लागि बुधबार इटहरी वडा नं. १ मा सञ्चालित राष्ट्रिय माध्यमिक विद्यालयले रक्तदान गरेको छ ।
नेपाल स्काउटको ७३ औं स्थापना दिवसको अवसर पारेर आयोजना गरिएको रक्तदान कार्यक्रम तन्दुरुस्त व्यक्तिको शरीरको रगतको केही अंश कुनै पनि रोगले बिरामी भएकालाई नयाँ जीवन प्राप्त गर्ने र धर्म एवम् सेवा गर्न विद्यार्थीलाई सन्देश प्रवाह गर्नकै निम्ति रक्तदान गरिएको विद्यालयका प्रधानाध्यापक सरनकुमार बस्नेतले बताए । उनका अनुसार रक्तदान कार्यक्रममा अभिभावक, शिक्षक, विद्यार्थी, स्काउटका सदस्यसँगै स्थानीय गाउँले गरि ५१ जनाले रक्तदान गरे थिय ।
मानव शरीरमा पुरानो रगत क्षय हुने प्रक्रिया नियमित रुपमा हुने र खेर जाने रगत नियमित रुपमा रक्तदान गर्नुपर्ने ज्ञान पनि सानो कक्षाका विद्यार्थीलाई ज्ञान प्राप्त भएको रक्तदानमा सहभागी डिप्लोमा इन सिभिल इन्जिनियरिङ्की छात्रा डम्बरकुमारी कट्वाले बताइन् ।
रक्तश्रापका बिरामी, प्रसूती, मुटु मस्तिष्कलगायतका शल्यक्रिया तथा दुर्घटनामा परेका बिरामीलाई बचाउनका निम्ति अनिवार्य रगत चाहिन्छ । वर्षातको समयमा विभिन्न विपती सिर्जना हुने र थुप्रै व्यक्ति बिरामी पर्ने गरेकाले पनि विद्यालयले मानवीय सेवा भावले रक्तदान कार्यक्रम गरिएको विद्यालयका प्रधानाध्यापक बस्नेतले बताए ।
रक्तदान कार्यक्रम राष्ट्रिय माध्यमिक विद्यालयको स्काउट ट्रुप, जुनियर रेडक्रस सर्कल, इटहरी युथ ओपन क्रयूको संयुक्त आयोजनामा भएको थियो । सो क्रममा इटहरी उपमहानगरपालिका वडा नं. १ का वडाध्यक्ष कैलाश कार्कीको प्रमुख आथित्यतामा र विद्यालयका प्रधानाध्यापक सरनकुमार बस्नेतको सभापतित्वमा कार्यक्रम भएको थियो । रक्तदानले रगत आवश्यक पर्नेलाई सहयोग पुग्ने वडा अध्यक्ष कार्कीले बताए ।
आगामी दिन रक्तदान गर्दै आउने विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष कोबित जंग कार्कीले जानकारी दिए । विद्यालयमा रक्तदान गरेको धन्यवाद व्यक्त गरेका थिए ।
सामाजिक काम गर्ने दुइजनालई समेत सम्मान गरिएको थियोे । उद्घाटन कार्यक्रममा सामाजिक संस्थाका अगुवा, समाजसेवी, राजनीतिक दलका नेतालगायतको उल्लेखीय सहभागिता रहेको थियो । रक्तदानका लागि नेपाल रेडक्रस सोसाइटी तरहराको अगुवाईमा जिल्ला रेडक्रस सोसाइटी सुनसरीको प्राविधिक सहयोग रहेको थियो ।